समाचार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ

देशका अधिकांश भागमा बदली हुने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम… पुरा पढौ

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त… पुरा पढौ

पोखरामा आज एलजी फेष्ट हुँदै

पोखराको अमरसिंह ग्राउन्डमा आज दोस्रो संस्करणको एलजी फेस्टिभल २०२५ आयोजना हुँदैछ । यो फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रियस्तरमा शानदार सफलता पाएपछि अब यो फेस्ट पोखरावासीका लागि भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा नेपालका चर्चित कलाकारहरूको प्रस्तुती रहनेछ । आयोजकका अनुसार आज एलजी फेष्टमा जोह्न एण्ड दि लोवलस, पुर्ण राई एण्ड दाजुभाईहरु, एमटी ८८४८ व्याण्ड घन्किनेछन । अन्तर्राष्ट्रिय सफलतापछि नेपालमा पहिलो पटक आयोजना हुन… पुरा पढौ

मगर र गुरुङ भाषालाई कामकाजी बनाउँदै गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकार मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाउने तयारीमा छ । प्रदेशका जिल्लामा पुुगेर सरोकारवाला र विज्ञसँगको परामर्शपछि मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने विधयेकको मस्यौदा तयार भएको छ ।मन्त्रीपरिषद्ले पास गरेको मस्यौदा संसदमा पेश हुुन्छ । छलफल, संशोधनसहित पाश हुनेछ । र कानुन बनेर कार्यान्वयनमा बल्ल आउनेछ । अबको हप्तादिनसम्म संसदमा पेश गर्ने तयारी छ । पोखराको लेकसाइडस्थित बाराहीघाटमा बिहीबारदेखि सुरु १२औं संस्करणको एनसेल नेपाल लिटरेचर फेस्टिलमा ‘गण्डकीमा मगर र गुरुङ भाषा’ विषयमा… पुरा पढौ

वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशको पाँचौं पठन संस्कृति सम्पन्न

पोखरा । नेपाली कांग्रेस वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित पठन संस्कृति कार्यक्रम आज भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभाकक्षमा भएको सृङ्खला ५ मा “वी.पी. साहित्यको अभिलेखन” पुस्तक बारे परिचर्चा भएको हो । “वी.पी. साहित्यको अभिलेखन” विमर्श पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख प्रा.डा.यमबहादुर पौडेल क्षेत्रीले परिचर्चा गरेका थिए । प्रा.डा.गोविन्दराज भट्टराईद्वारा लिखित “वी.पी. साहित्यको अभिलेखन” मा रहेको पुस्तकको सारशंमा क्षेत्रीले राजनीति र साहित्य, नेपालमा राजनीति र साहित्यमा वीपी कोइराला, पुस्तक विमर्श भित्र के रहेको छ ?… पुरा पढौ

तेस्रो माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी

पोखरा । माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधवार देखि जारी तेस्रो मााछापुच्छे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबल तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रे«लाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ । महिला भलिबलको… पुरा पढौ

नेपाल मगर एकता दिवस पोखरा पनि मनाइयो

पोखरा । ४३ औं नेपाल मगर एकता दिवसको अवसरमा पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएकोछ । नेपाल मगरसंघ कास्की जिल्लाको आयोजनामा विहीबार पोखरा रंगशालामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका उप–सभामुख विना कुमारी थापा मगरले गरेका थिए। कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार सुनिश्चितका लागि मगर तथा आदिवासि जनाजातिहरुले ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफ्नो भाषा सस्कार संस्कृति रितिरिवाज संरक्षण गर्नुपर्नेमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाज गर्न सकेको अवस्थामा… पुरा पढौ

‘सी व्यापार केन्द्र’सञ्चालनमाः कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता

गण्डकी । उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् । देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ । । गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिए । छिनेडाँडामा रहेको… पुरा पढौ

साहित्य परिवर्तनको सम्वाहक हो : सञ्चारमन्त्री गुरूङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए। भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताए । उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए । “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चारमन्त्री… पुरा पढौ