समाचार

सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

गोरखा । गोरखा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ । आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताए । “सिर्दिबास र फिलिम जोड्ने पुल मुनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए”, उनले भने, “बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ । बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो रु तीन हजारमा कारोबार भयो ।” उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि… पुरा पढौ

‘स्रोत नहुँदा जनअपेक्षा पूरा गर्न कठिन’: मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोतसाधनको सिमितताका कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन’ को आयोजनामा पोखरामा आजदेखि सुरु भएको बाह्रौँ नेपाल साहित्य महोत्सवको ‘प्रदेशका पाइला’ सत्रमा उनले नागरिकका कतिपय माग पूरा गर्न प्रदेश सरकारसँग कानुनी आधारसमेत नभएको बताए । “सङ्घीय कानुन नबन्दा कतिपय प्रदेश कानुन पनि बन्न सकेका छैनन्, वित्तिय सङ्घीयताको आधारमा राजस्वको बाँडफाँट हुन सकेको छैन”, मुख्यमन्त्री पाण्डेले भने, “जनअपेक्षा अनुसारका काम गर्न प्रदेशसँग आर्थिक सामथ्र्य छैन, प्रदेश सरकार आफैँले राजस्वको… पुरा पढौ

‘मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन’ : मनीषा कोइराला

पोखरा । मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो ।दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर । त्यो दोस्रो घुम्ती भयो । तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो… पुरा पढौ

तनहुँमा शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन

तनहुँको भिमाद नगरपालिका-३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् । शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भीड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिए । शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौंदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उनले बताए । “माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि… पुरा पढौ

मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

मुग्लिन-नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो… पुरा पढौ

रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन नष्ट

रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर… पुरा पढौ

आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताए । “मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी छ”, उनले भने… पुरा पढौ

प्रवासी नेपालीले स्वदेशका जेष्ठ नागरिकलाई सहयोग

लेखनाथ । प्रवासी नेपाली मञ्च स्पेनले पोखरा– २६ को जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई आर्थीक सहयोग गरेको छ । रोजगारीका लागि छोरा छोरी विदेशीने राष्ट्रिय समस्यालाई ध्यानमा राख्दै प्रवासी नेपाली मञ्च स्पेनले स्वदेशमा रहेका बृद्ध बुबा आमाको सहयोगार्थ पोखरा २६ को तालवेसीमा स्थापना गरिएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई रु एक लाख सहयोग गरेको हो । महाशिव रात्रीको अवसर पारेर राखिएको कार्यक्रममा प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुगाना र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रियका सदस्य शिव कुमार बरुवालले उत्त रकम… पुरा पढौ

शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनको सम्मान

पोखरा । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले शैक्षिक अगुवाहरुलाई सम्मान गरेको छ । उच्च शिक्षा अध्यनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा रहेर शैक्षिक क्षेत्रमा योगदान गरेका ५ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा नोभेल एकेडेमी पोखराका सिइयो विशेश्वर आचार्य, पश्चिमाञ्चल क्याम्पसका संयोजक देव बहादुर क्षेत्री, प्रतिभा मन्टेश्वरीकी प्रिन्सिपल पद्या पौडेल पराजुली, सनफ्लावर बोडिङ स्कुलका संचालक दिवस शाह र आईईएलटीएस काउन्सिलर दिपक आचार्य रहेका छन् ।… पुरा पढौ

पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’

पोखरा, १४ फागुनपर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले फेस्टिभलको उद्घाटन गर्नेछन् । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ । सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको… पुरा पढौ