समाचार

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

पोखरा । सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ । २१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो।यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो । उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो । आज उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५… पुरा पढौ

गण्डकी सरकारद्वारा २५ प्रतिशत खर्च कटौति, मातहतका निकायमा खैलाबैला

पोखरा, फागुन १४ गण्डकी प्रदेश सरकारले आफू मातहतका निकायको विभिन्न शिर्षकमा छुट्याईएको बजेट खर्चमा २५ प्रतिशत कटौति गरेको छ । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको यहि फागुन ९ गतेको मन्त्री स्तरिय बैठकबाट मातहतका मन्त्रालय, आयोग, सचिवालय अन्तर्गत हुने खर्चको २५ प्रतिशत कटौति गर्ने निर्णय भएको हो । निर्णय अनुसार आर्थिक मामिला मन्त्रालयले मातहतका मन्त्रालय, आयोग तथा सचिवालयलाई आफू मातहतका कार्यालयमा खर्च कटौतिबारे जानकारी गराउन भन्दै फागुन ११ गते सर्कुलर पठाईसकेको छ । सर्कुलर अनुसार कर्मचारी तालिम खर्चमा हुने बजेटमा २५… पुरा पढौ

महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।” पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन… पुरा पढौ

म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । दुर्घटनामा परी सो भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए । उनले दुर्घटनामा सख्त… पुरा पढौ

स्याङ्जा पिकअप भ्यान दुर्घटनाः एकको मृत्यु, एक जना घाइते

स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो ।… पुरा पढौ

महाशिवरात्रि पर्वमा गण्डकी प्रदेश प्रमुखद्वारा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले महाशिवरात्रि पर्व २०८१ को अवसरमा प्रदेशबासीसहित सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गरेका छन । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रि पुराणमा वर्णित रहेको बतादै उनले यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने उल्लेख गरे । ‘व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको यस महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरे । उनले “महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !! ”, लेखेका छन । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ । रासस पुरा पढौ

लमजुङको ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

महाशिवरात्रिका अवसरमा यहाँको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरका छन् । महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने बत्ती बाल्ने चलन छ । रासस पुरा पढौ

भगवान शिव उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व

भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले… पुरा पढौ

तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

फागुन १२ पोखरा । विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक बेगनास युवा क्लवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए । युवालाई लगानी गरौं… पुरा पढौ