समाचार

पिप्ले–भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । आर्थिक वर्ष २०७३/७४ देखि सङ्घीय सरकारको वार्षिक कार्यक्रम मा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१÷८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । सांसद खमबहादुर गर्बुजा ९खम्बिर०ले चालु आवमा रु ५० लाख… पुरा पढौ

मुग्लिन–पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो

फागुन १० तनहुँ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए । उनले भने, “बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

फागुन १० काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । उनलाई आज साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका… पुरा पढौ

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री ओली

फागुन १० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा आज प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाई थियो । “हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन”,… पुरा पढौ

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’ यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जिवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ… पुरा पढौ

पाठेघर मुखको भीआईपी परिक्षण दश जनामा समस्या

फागुन १० पोखरा । महिलाको अनुहारसंगै भित्री शरिरपनि स्वस्थ हुनु पर्दछ भन्ने लक्ष्यका साथ यहाँको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सर(भीआईपी) को निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण गरिएको थियो । शिविरमा परिक्षण गरिएका मध्ये १० जनामा समस्या देखिनुका साथै एक जनाको रिपोर्टमा पोजेटिभ देखिएपछि थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षक… पुरा पढौ

पिसिएमको ग्राजुएसन समारोह सम्पन्न

फागुन १० पोखरा । पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्राजुएसन समारोह भएको छ। समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीले ठूलो र सकारात्मक सोच राख्दा जीवनमा ठूलो अवसर प्राप्त हुने र जीवन सुखमय बन्ने बताए । उनले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने यो यात्रा थप उचाइमा लैजान कलेजले निरन्तरता दिने विश्वास व्यक्त गरे। कार्यक्रमका विशेष… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा क्रसर व्यवसायीको दादागिरी : नदी दोहन गर्ने तर कर नतिर्ने

पोखरा, फागुन १० कास्कीको माछापुच्छ्रे गाउँपालिकाका क्रसर व्यवसायीले नदी दोहन गर्ने तर राज्यलाई कर भने नतिर्ने गरेको पाइएको छ । माछापुच्छ्रे गाउँपालिकाका चार वटा क्रसर उद्योगहरुले वर्षौंदेखि नदी दोहन गरेर दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा) संकलन गर्ने तर राज्यलाई भने कर नतिरेको पाइएको हो । करको दरको बहाना बनाएर उनीहरुले वर्षौंदेखि राज्यलाई कर नबुझाई नदी दोहन गरिरहेको गाउँपालिका निकट श्रोत बताउँछ । क्रसर व्यवसायीहरुले हालसम्म ४९ करोड १४ लाख ३१ हजार २ सय ९७ रुपैयाँ कर तिर्न बाँकी छ । तर… पुरा पढौ

फोहोर संकलन दौडमा तीन हजार युवा सहभागी

पोखरा, फागुन १०पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो ।मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।दौड उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता दौडले आम नागरिकमा फोहोर… पुरा पढौ

मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो

दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए । उनले भने, “बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र… पुरा पढौ