समाचार

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

फागुन ११ काठमाण्डौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आज भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २–२ गोलको बराबरी खेलेका हुन् । दशरथ रङ्गशालामा भएको खेलअन्तर्गत पहिलो हाफ नेपाल र म्यानमाले २–२ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका… पुरा पढौ

सरकारले छुट्याएको विकास बजेट समयमा किन खर्च हुदैन ? : जिसस प्रमुख पौडेल

फागुन ११ पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सरकारले छुट्याएको विकास बजेट समयमा खर्च नहुनुको कारण माग गरेका छन् । प्रमुख पौडेलले सघ तथा प्रदेश का बिषयगत सेवाप्रबाह का कार्यलयहरुको अर्ध बार्षिक समिक्षा तथा नागरिकका जनसरोकारका विषयहरुका सन्दर्भमा आइतबार जिसस कास्कीले आयोजना गरेको अर्धवार्षिक समिक्षा एवम छलफल कार्यक्रममा सो प्रश्न गरेका हुन् । उनले सरकारी कार्यालयहरूको पुजिगत खर्चको अवस्था ज्यादै चिन्ताजनक देखिएको भन्दै तत्काल कमिकमजोरी सच्याउन आग्रह गरे । प्रमुख पौडेलले आर्थिक वर्षको बाँकी अवधि उल्लेखनीय बनाउन… पुरा पढौ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ बराबरको कारोबार भएको नेप्सेले… पुरा पढौ

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति आचार्यको निधन प्रति शोक व्यक्त

पोखरा । नेपाली काँग्रेसका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निवर्तमान सभापति नेपाली काँग्रेसका नेता, लीलाभक्त आचार्यको निधन प्रति नेपाली कांग्रेस कास्कीले शोक व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षर गरिएको विज्ञप्ति प्रकाशन गरि शोक वक्तव्य जारी गरिएको हो । पोखरा महानगर पालिका वडा नं १७, निवासी आचार्यको शनिवार विहान ९६ वर्षको आफ्नै निवासमा भएको निधन भएको थियो । विज्ञप्तिमा भनिएको छ,"प्रजातन्त्र सेनानी आचार्य जी राजनैतिक, सामाजिक र धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो । वहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा… पुरा पढौ

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

पोखरा । नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भएका छन् । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र… पुरा पढौ

एनएचएमसिको २५ औं रजत जयन्तीमा अध्यक्ष पालिखेलाई सप्राईज अवार्ड

पोखरा, १० फागुन । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती तीन दिन विशेष कार्यक्रम आयोजना गरेर मनाईएको छ । पोखरा १४ छिनेडाँडा अवस्थित कलेजमा शनिबार २५ औं रजत जयन्ती मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको व्यवस्थापकिय नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ । यस्तै कलेज स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य जयराम हमाल, कर्म गुरुङ, नारायणप्रसाद द्वा, विनोद वैद्य लगायतलाई सम्मान गरिएको छ ।… पुरा पढौ

स्याङजाका किसानले बिक्री गरे ६० लाखको सुन्तला

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत छन् । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गरेका हुन्। ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गरेका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आएका छन्। यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६०… पुरा पढौ

बरेङमा बसाइँसराइले बस्ती सुनसान

ढोरपाटन । पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् । बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन् । गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छाडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामा दुई सय १०… पुरा पढौ

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो । निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमा समस्या छ । अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम… पुरा पढौ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा । पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ । पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन… पुरा पढौ