समाचार

रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास

फागुन १२ पोखरा । कास्कीको रुपा गाउँपालिकास्थित ध्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भई रहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लागेको देखियो । कार्यक्रममा सहभागि उपभोक्ता सवै त्रसित भएर हातमा हसिया, कोदालो लगायतका आगो नियन्त्रण गर्ने परम्परागतका सामाग्री लिएर डढेलो लागेको वन तिर लागे । प्रत्येकका हातमा आगो निभाउने हरिया सेउला थिए । जंगलमा दन्किरहेको आगो निभाउन जुटे केही समयमा आगो नियन्त्रणमा आएसंगै सम्पूर्ण उपभोक्तामा खुशियाली छायो । जुन सामुदायिक… पुरा पढौ

सूर्योदय र सूर्यास्त अवलोकनको गन्तव्य बनेको सराङकोटलाई धार्मिक पर्यटनको रुपमापनि विकास गरिने

पोखरा, फागुन १२ पर्यटनको राजधानी पोखराको पर्यटनको प्रमुख गन्तव्य मध्यको एक सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रयास थालिएको छ । प्राकृतिक छटाहरुको दृश्यावलोकनमार्फत नै पोखरा आउने पर्यटकको पहिलो रोजाईमा पर्दै आएको सराङकोटलाई थप गुल्जार बनाउने उद्धेश्यले त्यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न लागिएको हो । सूर्योदय र सूर्यास्त अवलोकनका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित सराङकोट प्राकृतिक छटा, माछापुच्छ«े हिमालदेखि अन्नपूर्ण हिमश्रृंखला, फेवाताल र पोखरा बजार दृश्यावलोकनका लागिपनि उत्कृष्ट गन्तव्य हो । जसका लागि दैनिक सयौं पर्यटकहरु विहान झिसमिसेदेखि बेलुका… पुरा पढौ

कास्की जिल्ला जुडो संघले जित्यो ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ को उपाधी

पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा भएको ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ भव्य रुपमा सम्पन्न भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ शुक्रबार र शनिबार पोखरा रंगशालाको कभड हलमा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद नन्द प्रसाद न्यौपानेको आतित्यथामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले कुनैपनि व्यक्तिलाई खेलकुदले मर्यादाता, अनुशासन र समुहमा मिलेर काम गर्ने सक्ने बानिको विकास गर्ने बताए । उनले खेलाडीहरु भनेको राष्ट्रको गहना भएको र विभिन्न खेलका माध्यमबाट… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्ट अस्पतालबाट डिस्चार्ज

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराएका उनलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा। सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उनको उपचार भएको थियो । प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने – ‘कुनै पनि बिरामीलाई आधा सञ्चो त… पुरा पढौ

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो । आव २०७९र८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । फाइबरका लागि कच्चापदार्थको रुपमा… पुरा पढौ

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,” वडा सदस्य समेत रहेका उनले भने “खच्चड, भरिया मार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो शूल्क तिर्नुपर्ने र आकस्मिक अवस्थामा अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या सडक यातायातको सुविधासँगै हटेको छ ।” भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगर, सिम्कोशका साथै चेचुङ… पुरा पढौ

लमजुङमा भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।रासस पुरा पढौ

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी सुरु

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तरराष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाहरुको सहकार्यमा प्रदर्शनी… पुरा पढौ

शिक्षक–विद्यार्थी सम्मान सहित शिक्षक संगठनको छैटौँ गाउँपरिषद् सम्पन्न

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाको छैटौँ गाउँ परिषद् बैठक शनिबार वातावरणीय आमा समुह, अन्नपूर्ण ३, लक्ष्मी देउरालीको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै यस अभियानमा साथ दिन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरे । २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा अन्नपूर्ण गाउँपालिका कास्की जिल्लामा प्रथम, गण्डकी प्रदेशमा तेस्रो र नेपालभरमा पन्ध्रौँ स्थानमा परेको बताउँदै उनले आगामी वर्ष… पुरा पढौ

संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छः मुख्यमन्त्री पाण्डे

फागुन ११ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले संविधान सहमतिको दस्तावेज भएकाले सबै राजनीतिक पार्टी एकै ठाउँमा बसेर सहमतिका आधारमा संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा पनि कानुनहरू नै बाधक रहेको जिकिर गरे । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिबारे लेखिएको यो पुस्तकले राजनीतिक… पुरा पढौ