समाचार

‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’: वनमन्त्री शाही

ढोरपाटन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको बताए । आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको कथन थियो । यद्यपि उनले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ… पुरा पढौ

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

वालिङ । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् । चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए । उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय… पुरा पढौ

बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

बलेवा । पछिल्लो समय पर्यटन व्यवसाय चलायमान भएसँगै बागलुङका होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दूरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले केही दिनअघि सदरमुकाम बागलुङ बजारमा होटल इला कम्फोर्टको उद्घाटन गरे । पछिल्लो पटक सञ्चालनमा आएको यो होटल जिल्लाकै धेरै लगानीको पहिलो होटल हो । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु ३० करोड लगानीमा सञ्चालनमा ल्याएको होटलले सदरमुकाम भित्रिने पर्यटक लक्षित गरेर सेवा सुविधा विस्तार गरेको… पुरा पढौ

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरू

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएका हुन् । ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ । त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको… पुरा पढौ

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

म्याग्दी । मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान सञ्चालन भएको छ । स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), आमा समूह र युवा क्लबहरूले प्रदूषण न्यूनीकरण गर्न प्लास्टिक, धातु र सिसाजन्य फोहर व्यवस्थापनमा जुटेका हुन् । एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले पदमार्ग र बस्तीमा नकुहिने फोहर सङ्कलन गरेर पोखरा पठाउने व्यवस्था मिलाएको जानकारी दिए । “हिमाली भूगोल भएको मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहरका कारण प्रदुषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन… पुरा पढौ

धौलागिरी बुहुमुखी क्याम्पसमा निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

गलकोट । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ । गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु एक करोडको कोषको शुभारम्भ गरिएकामा कोष हस्तान्तरणको तयारीमा पुगेको छ । अहिले कोषमा रु ७५ लाख सङ्कलन गरिएको छ । धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो । उक्त कोषलाई छिट्टै… पुरा पढौ

एनटिएचएमसिको २५ औं रजतजयन्ती मनाइँदै

फागुन ९ पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ औं रजत जयन्ती भव्यता साथ मनाइँरहेको छ । पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडाअवस्थित कलेजले वर्षभरीनै विभिन्न कार्यक्रमहरु गर्दै आएको कलेजले स्थापनाको २५ औं वर्षको अवसरमा तीनदिने विषेश कार्यक्रम आयोजना गरेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । उनका अनुसार भोलि हुने मूल समारोहको सम्पूर्ण तयारी सकिएको छ । यसैविच, शुक्रबार कलेजमा अध्ययन पूरा गरेर विभिन्न पेशा, व्यवसायमा लागेका पूर्व विद्यार्थीको क्लव स्थापना गरिएको… पुरा पढौ

जातीय समस्या वर्ग समस्याकै एउटा रुप हो : गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जातीय समस्या वर्ग समस्याकै एउटा रुप भएको बताएका छन् । माओवादीले वर्गिय मुद्धा छाडेर जातीय मुद्धा उठाएको भन्दै विपक्षीहरुले आलोचना गरिरहेका बेला महासचिव गुरुङले जातीय समस्या वर्गिय समस्याकै कारण उत्पन्न भएको बताए । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातीय समस्यालाई वर्गिय समस्याकै रुपमा बुझ्नुपर्ने बताए । हिजो नीजि सम्पती नहुँदासम्म न जात थियो न वर्ग नै,उनले भने,‘जब नीजि सम्पती बनाउन थालियो तब वर्गिय समस्या… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः घोडा दौड प्रतियोगितामा विवेक विजयी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्वितिय र देवेन्द्र सिर्पाली तृतीय भए । उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।… पुरा पढौ

पृथ्वी सुब्बा गुरुङ लक्षित प्रचण्डको टिप्पणी : पूर्व मुख्यमन्त्रीका कारण तमुवान प्रदेश बनाउन सकेनौं

पोखरा, फागुन ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा हालका सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बाका कारण तमुवान प्रदेश बनाउन नसकिएको आरोप लगाएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पूर्व मुख्यमन्त्रीको नाम नलिई भने,‘,‘हामी शुरुमा तमुवान नामाङ्करण गर्न चाहन्थ्यौं । तर प्रदेशका तात्कालीन मुख्यमन्त्री जो नेकपा एमालेसँग सम्बन्धित हुनुहुन्थ्यो । उहाँ कुनै हालतमा तमुहरुको पहिचान झल्किनेगरी प्रदेशको… पुरा पढौ