समाचार

तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका छन् । विगत एक महिनाअघिदेखि जिल्लामा यो रोग देखापर्न थालेको हो । जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यासगरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिं ठकुरीले जानकारी दिए। भिमादमा १९ बङ्गुरमा सङ्क्रमण देखिएकामा १४ बङ्गुर र शुक्लागण्डकी नगरपालिकामा… पुरा पढौ

मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

पर्वत । लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो । पर्वत सक्रिय लायन्सक्लबको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा,… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स शनिबार भिड्दै, दुबैलाई ईतिहास रच्ने अवसर

पोखरा, फागुन २ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त भोलि शनिबार आयोजना हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं श्रृङ्लाको उपाधि भिडन्तमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो ईतिहास रच्ने अवसर हुनेछ । नेपाल पुलिस क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्बाधिक ६ पटकको उपाधि बिजेता हो । पुलिससँगै मनाङ… पुरा पढौ

अल्फा स्कुलमा अन्र्तराष्ट्रिय शान्ति टर्च

पोखरा । पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ । श्री चिन्मोई फाउण्डेसनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो । शान्तिको प्रतिक टर्च भ्रमण गराईएको कार्यक्रममा शाान्तिका लागि दौंड मार्फत अन्र्तराष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामना सहित सम्पुर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको श्री चिन्मोइ वन नेस होम पिस रनका राष्ट्रिय संयोजक श्वेता प्रधानले जानकारी दिए।अमेरिका, अष्ट्रेलिया, उज्वेकिस्तान, जापान सहित १० वटा राष्ट्रका… पुरा पढौ

डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनी ठगी गर्ने २ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले फेक आईडी बनाएर डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनी ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ सोह्रखुट्टे बस्ने वर्ष १९ को मनिष भुजेल र काभ्रेपलान्चोककै भुम्लु गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २१ को निशान पहारी रहेका छन् । उनीहरुले नेहा गुरुङ नामको फेसबुक आईडी बनाएर सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिलाई साथी बनाएर डिपेन्डेन्टमा युके लैजाने लगाएतका विभिन्न प्रलोभन… पुरा पढौ

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो । समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको बताए । विसं २०७८ फागुन २५ गते चराविज्ञत्रय सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलख गरेको जानकारी दिए… पुरा पढौ

पर्वतमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा

पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ । मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

तनहुँका किसान सामूहिक गहुँखेती गर्न जागरुक

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ । यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् । स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिए। घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको… पुरा पढौ

पर्यटनको राजधानी घोषणापछि ‘पोखरा भ्रमण वर्ष’ घोषणा हुँदै, २० लाख पर्यटक भित्राउने लक्ष्य

पोखरा, फागुन १ पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एक वर्ष अगाडि पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो । पर्यटनको राजधानी पोखरा भनेर गरिएको घोषणालाई सार्थक बनाउन पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ । यहि फागुन ३ गते शनिबार एक औपचारिक कार्यक्रम गरेर पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको पोखरा महानगरपालिकाले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखरा भ्रमण वर्ष–२०२५ मा मात्रै २० लाख… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय म्याराथन शनिबार, २१ देशका ३ हजार धावकसहित कुल १० हजारले दौडिने

पोखरा, फागुन १ पोखरामा फागुन ३ गते शनिबार पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा… पुरा पढौ