समाचार

गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । ‘‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देस्सीय कृषक समुह गठन गरिएको छ, उनले भने, ‘‘सोही समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना… पुरा पढौ

सुनको मूल्य तोलामै २७०० सयले घट्यो, आज कतिमा हदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ । पुरा पढौ

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौँस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता गरी क्यान्सर उपचार सहायता कार्यक्रम विस्तार गरेको छ । नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला… पुरा पढौ

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् । आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो । विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ विजेता गुरुङ पुरस्कृत

पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’का सोमबारका बिजेता पोखरा–१२, माटेपानीका गणेश गुरुङ ‘धर्म’लाई पुरस्कृत गरिएको छ । सहारा क्लव पोखराले सञ्चालन गरेको २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सोमबार भएको तेश्रो क्वाटरफाइनल खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा गुरुङ विजेता घोषित भएका थिए । सोमबार चर्च ब्वाइज क्लव त्रिभूवन आर्मी फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा गरेको छ ।बिजेता गुरुङलाई पूर्व… पुरा पढौ

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सइन्द्रराज

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको हालै सम्पन्न अधिवेशनले आगामी रोटरी वर्ष २०२५÷२६ को लागि सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।क्लबको निवर्तमान अध्यक्षमा भानुभक्त भण्डारी, २०२६÷२७ कोलागि मनोनित अध्यक्षमा सरोजनारायण बराल, उपाध्यक्षमा निकेश प्रसाद कर्माचार्य, सचिवमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा माधबी पाण्डे, सहसचिवमा पवित्रा थापामगर, कनत बत बचmक शुरेस कुमार ध्वजु, क्लब लर्निङ फ्यासिलेटरमा डिल्लीप्रसाद शर्मा, क्लब सम्पादकमा रिना पौडेल र निर्देशकहरुमा विकाश कुमार श्रेष्ठ, चित्र बहादुर गुरुङ, सन्तोष भण्डारी, प्रिति पाण्डे, बबिन नेपाली चयन भएका… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज २९९ कम्पनीका एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता शेयर ७२ हजार ९४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको छ । विकास बैङ्क समूह दुई दशमलव… पुरा पढौ

जनयुद्ध दिवसमा बागलुङको ताराखोला गाउँपालिकाले दियो सार्वजनिक बिदा

पोखरा, माघ २९ बागलुङको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको छ । नेकपा माओवादीले जितेको सो गाउँपालिकामा आगामी फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको हो । यसअघि सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गर्दै क्यालेण्डरमा नै उल्लेख गरेको थियो । तर अदालतमा परेको मुद्धाको फैसला गर्दै सर्वोच्च अदालतले संविधानले जनयुद्ध दिवस नचिन्ने भन्दै सार्वजनिक… पुरा पढौ

म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण

गलेश्वर । म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिएका हुन । उनका अनुसार जिल्ला सदरमुकाम नजिकका गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन झोलुङ्गे पुल निर्माण गरिएको हो । जिल्लाको दुर्गम मानिएको धवलागिरि गाउँपालिकादेखि लिएर रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका दुर्गम तथा विकट बस्तीलाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयको… पुरा पढौ

बागलुङमा सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

गलकोट । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिए । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । अहिले वडा… पुरा पढौ