समाचार

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उजी बेचैन छन । श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ… पुरा पढौ

आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका… पुरा पढौ

जनयुद्ध दिवसमा कास्की माओवादीले ‘जनयुद्ध र टिआरसी’ विषयक बिचार गोष्ठी गर्दै

पोखरा, माघ ३० नेकपा माओवादी केन्द्र कास्कीले जनयुद्ध दिवसको दिन ‘जनयुद्ध र टिआरसी’ विषयक बिचार गोष्ठी कार्यक्रम आयोजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जनयुद्ध दिवसको दिन फागुन १ गते विहीबार पोखरामा बिचार गोष्ठी हुन लागेको हो । पोखराको ह्वाईट हाउस पार्टी प्यालेसमा हुने कार्यक्रममा नेकपा माओवादीका नेता तथा कानून्विद् खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रम पूर्वाह्न… पुरा पढौ

नेकपा माओवादी केन्द्र बागलुङ-पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ–पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा कुलचन्द्र शर्मा चयन भएका छन् । समितिको पोखरामा सम्पन्न प्रथम अधिवेशनले शर्माको अध्यक्षतामा ४१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । समन्वय समितिको उपाध्यक्षहरुमा छमकुमारी बस्नेत, प्रेमबहादुर रोका, रञ्जना राई, सचिवमा कुलबहादुर बुढा (प्रेम) कोषाध्यक्षमा पवित्रा थापा र सहसचिवमा रविनकुमार विश्वकर्मा चयन भए । त्यस्तै, सदस्यहरुमा रिम पुन, होमनाथ शर्मा, नन्दलाल शर्मा, लक्ष्मीप्रसाद आचार्य, देवान श्रीस, काशिराम पौडेल, निरज कँडेल, विष्णु बस्नेत, कुलचन्द्र थापा खिम, जगत विक, अरबिन थापा,… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको २५० औं ऐतिहासिक खेलमा जित निकाल्दै नेपाल पुलिस क्लव फाइनलमा

पोखरा, माघ ३० नेपाल पुलिस क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा पुलिसले चर्च ब्वाईज युनाईटेड क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पुलिसलाई फाईनलमा पु¥याउन सञ्जिव लामाले निर्णायक गोल गरे । पुलिसले खेलको ५८ औं मिनेटमा एकमात्र गोल ग¥यो । पुलिसका लागि सञ्जिव लामाले गोल गर्दै पुलिसलाई जित दिलाए । उनले विपक्षी टिम चर्च ब्वाईजका डिफेन्डर राज भुषालले गरेको क्लियर बल नियन्त्रणमा… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना सङ्कलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ । ऋषिङ–१ र व्यास नगरपालिका–५ को सिमानामा पर्ने सेती नदीमा… पुरा पढौ

गण्डकी प्रदेशमा पाँच हजार रोपनीमा चाक्लाबन्दी खेती

गण्डकी । गण्डकी प्रेदशका विभिन्न जिल्लामा गरी पाँच हजार चार सय रोपनी जग्गामा चाक्लाबन्दी खेती गरिएको छ । नौ जिल्लाका २८ स्थापनामा जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि उत्पादन सुरु गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममार्फत सात कृषक समूह÷कृषि सहकारीलाई कृषियन्त्र र उपकरण खरिदमा सहयोग गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिए । मन्त्रालयको भूमि स्रोत नक्साङ्कन महाशाखाका अनुसार कास्की, तनहुँ, बागलुङ, गोरखा, मुस्ताङ, लमजुङ, स्याङ्जा, नवलपुरलगायत जिल्लामा जग्गा चाक्लाबन्दी कार्यक्रम सञ्चालन भइरहेको… पुरा पढौ

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

पोखरा । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी गरेको सुन्दा भाषा अभियन्ता भीमप्रसाद गुरुङलाई मुलुकमा गणतन्त्र आएको महसुस भएको छ । विभिन्न जातजातिले बोल्ने भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउनु भनेको समुदायलाई सशक्त बनाउनु मात्र नभई तिनको सांस्कृतिक सम्पदालाई पनि संरक्षण गर्नु रहेको उनको बुझाइ छ । उनी सरकारी कामकाजमा गुरुङ भाषालाई समावेश गर्नु भनेको भविष्यका पुस्ताका लागि संस्थागत बनाउनु रहेको बताउछन् । उनी भन्छन्, “गुरुङ भाषा हाम्रो पहिचानको आधार हो । यो केवल बोलचालको… पुरा पढौ

समाजसेवी भक्तराज श्रेष्ठको जीवन र योगदानमा आधारित पुस्तक “भक्तराज श्रेष्ठ : व्यक्ति एक दृष्टि अनेक” लोकार्पण

पोखरा । समाजसेवा, मानवता र समुदायको उत्थानमा जीवन समर्पित गरेका बरिष्ठ समाजसेवी, कर्मयोगी, भक्तराज श्रेष्ठकोयोगदानको कदर गर्दै “भक्तराज श्रेष्ठ : व्यक्ति एक, दृष्टि अनेक” नामक जीवनी पुस्तकको पोखरामा बुधबार लोकार्पण भएको छ। समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा र खेलकुद मन्त्री बिन्दुकुमार थापाले भक्तराज श्रेष्ठको योगदानको सराहना गरे । उनले, “समाजसेवा, मानवता र समुदायप्रतिको समर्पणलाई जीवनको मुख्य ध्येय बनाउँदै समाजलाई सकारात्मक मार्गदर्शन दिनु एक उच्च आदर्शको उदाहरण हो। उहाँले समाजको हकमा गरेको योगदान अतुलनीय छ र यस… पुरा पढौ

केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

ढोरपाटन । बागलुङ जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् आपूर्ति नहुँदा वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान सञ्चालन गर्न समस्या भइरहेको भन्दै यसले सेवा प्रभाव प्रभावकारी हुन नसकेको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । कार्यालयको… पुरा पढौ