समाचार

सहारा बाल आधारभूत विद्यालयमा सहारा युके द्वारा लाईव्रेरी हस्तान्तरण

पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा युकेले पुस्तकालय हस्तान्तरण गरेको छ । तीन लाख रुपैयाँ बरावरको आर्थिक सहयोगमा विद्यालयमा फर्निचर र पुस्तकहरु सहितको लाइव्रेरी स्थापना गरि हस्तान्तरण गरिएको हो । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ(कृष) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यपाक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । मन्तव्यका क्रममा प्र।अ अधिकारीले विद्यालयको समग्र अवस्थिती, वर्तमान समित अध्यक्ष विक्रम थकाली को उपस्थितिले विद्यालयमा भएका सकरात्मक परिवर्तनहरु को जानकारी प्रदान गर्दै उपस्थित… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरि, चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ । रासस पुरा पढौ

उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए… पुरा पढौ

मुस्ताङको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको हो । समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको… पुरा पढौ

माछा संरक्षण गर्दै बागलुङका स्थानीय तह

गलकोट । बागलुङ जिल्लाका तीन स्थानीय तहले नदीखोलाका माछा संरक्षणमा जुटेका छन् । गलकोट नगरपालिकाले तीन वर्ष अघि जलचर संरक्षण ऐन अनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमति दिइ आम्दानी लिन थालेको छ । माछाले फुल पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउने, विषादी र करेन्ट लगाएर माछा मार्न नपाइने र अवैध माछा मार्नेलाई कारबाही गर्ने नीति कार्यान्वयन गरेपछि माछा उत्पादन वृद्धि भएको छ । फुल पार्ने समयमा माछा हुर्कन पाएपछि उत्पादन दोब्बर भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी… पुरा पढौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवस

माघ २८ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हाँसिल हुने बताएका छन् । सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न जरुरी रहेको उनको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा पोखरा कार्यालयले आयोजना गरेको स्थापना दिवस विशेष समारोहका प्रमुख अतिथि भट्टले भ्रष्टाचार विरुद्धको लडाई सबैको साझा लडाई भएको बताए । ‘नेपालको संविधानले दिगो शान्ति, सुशासन, समृद्धि र विकासको परिकल्पना गरेको छ। संविधानको यो… पुरा पढौ

एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर

माघ २८ पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफ डि मोर्टसको नेपालका लागि आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि.ले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो शोरुम आज (सोमबार) एक कार्यक्रमका विच संचालनमा ल्याएको हो । नेपाली बजारमा उत्कृष्ट ईलेक्ट्रिक स्कुटरको रुपमा स्थापीत भएको एफडीका स्कुटर पोखराका ग्राहले पनि सहज रुपमा खरिद गर्न पाउने छन् । पोखराका ग्राहले काठमाडौँ शोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा शोरुम विस्तार गरिएको कम्पनीका… पुरा पढौ

चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

माघ २८ पोखरा । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्चका ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे ।… पुरा पढौ

नेकपा एस गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्विरोध

पोखरा । नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध निर्वाचित भएका छन् । सो पार्टीको सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले नेपालीको नेतृत्वमा नयाँ प्रदेश कमिटी चयन गरेको हो । प्रदेश उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पोखरेल तथा सचिवमा ठाकुरप्रसाद शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपमहासचिवमा टिकाराम पौडेल, विवेक भुजेल र सुष्मा काफ्ले निर्वाचित भएका छन् । पुरा पढौ

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

सहारा क्लव पोखराका ६ जना खेलाडी ब्रिगेड ब्वाइज क्लवमा अनुबन्धित पोखरा, २८ माघ । सहाराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका हुन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाए ।यसैबीच, ब्रिगेड ब्वाइजले… पुरा पढौ