समाचार

टाइब्रेकरमा मछिन्द्रलाई हराउँदै थ्रीस्टार आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

माघ २७ पोखरा । थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले जित निकाल्यो । पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन… पुरा पढौ

पोखरामा सोलार पोलमा मोटरसाइकल ठोक्किएर दुई युवाको मृत्यू

पोखरा, माघ २७ पोखरामा आज विहान सोलार पोलमा ठोक्किएर दुई जना युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाईडमा सोलार पोलमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक र मोटरसाइकलको पछाडि बसेका दुई युवाको मृत्यू भएको हो । मृत्यू हुनेमा मोटरसाइकल चालक पोखरा–२४ कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारी रहेका छन् । शनिबार मध्यरात १ बजे लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको ग.१३प. ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लेकसाईडको स्ट्रीट नम्बर ३ स्थित सडक छेउको… पुरा पढौ

पोखरामा ‘व्याक टु नाइन्टिज’ ऐतिहासिक रुपमा सम्पन्न, सांगीतिक विरासत फर्काउन ३० हजार बढी दर्शक

पोखरा, माघ २७ सांगीतिक विरासत फर्काउन पोखरामा आयोजित ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा–९ नयाबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शनिबार आयोजना गरेको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा दर्शक भित्राउँदै सम्पन्न भएको हो । नब्बेको दशकमा ब्याण्डहरुको राजधानी रहेको पोखराको सांगीतिक विरासत फर्काउने उद्देश्यले आयोजित कार्यक्रमका लागि गाउँ, टोलबाट दर्शक ओईरिएका थिए । कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट… पुरा पढौ

लेखनाथ सहकारीको स्थापना दिवसमा रत्तदान

लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको १७औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रत्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको आयोजना र लायन्स क्लव अफ सेभेन लेकसिटी र अर्घौ वजार ब्यवस्थापन समितिको सहकार्यमा राखिएको संयुत्त रत्तदानका पहिलो रत्तदाता रमेश जि सीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले सहकारीले नाफाका लागि आर्थीक कारोवार मात्र होईन सामाजिक उत्तरदाइत्वलाई मनन गर्दै गरेको कामले समाजमा सकरात्म… पुरा पढौ

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे । यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए । त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी रु एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । “गत वर्ष रु एक सय २५ मा… पुरा पढौ

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती

ढोरपाटन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेका छन । उनी पेसाले स्वास्थ्यकर्मी हुन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् । “सँगैका साथी कोही जापान र कोरिया, कोही… पुरा पढौ

तीन हजार पाँच सयजनाको निशुल्क मुटु जाँच

गोरखा । गोरखामा सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताए । ‘‘मुटु… पुरा पढौ

तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा

गलेश्वर । म्याग्दी जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ । म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आगामी फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवं अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ । तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण… पुरा पढौ

गण्डकी धौलागिरी पेट्रोलियममा सुवेदी

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो । समितिको उपाध्यक्षमा जय मोहन भट्टराई, महासचिवमा सुजन बराल, उपमहासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा भुगोल गुरुङ, सन्तोष बराल, विप्लब हमाल, बिजय अर्याल र इश्वर पौडेल निर्वाचित भएका… पुरा पढौ

कवि प्रदीप खनालको काव्यसंग्रह लोकार्पण

पोखरा । पोखराको जेठो साहित्यिक संस्था पोखरेली साँस्कृतिक परिवारले कवि प्रदीप खनालको पहिलो कविता संग्रह “ अनन्त यात्रा “ एक समारोहका बीच लोकार्पण ग(यो । कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाली साहित्यका सुप्रसिद्ध स्रष्ठा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्दै “ जीवन भनेकै अनन्त यात्रा हो । हामी कुन अनन्तबाट आयौं र कहाँ जान्छौं रु हामी समयको यौटा चरणमा यहाँ छौं र पछिको यात्रा कस्तो हुन्छ भन्नेकुरा यहाँबाट जानेले बताएका छैनन् । हामी यौटा बिशाल भवचक्रका… पुरा पढौ