समाचार

बगैँचा टोल विकासद्धारा गुरुकुल विद्याश्रमलाई सहयोग

पोखरा, माघ २७ ।पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित बगैँचा टोल विकास संस्थाले पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्ध बराह तपोवन सन्यास तथा गुरुकुल विद्याश्रममा अध्ययन गर्ने वटुकहरूलाई आज माघ महिनाको भीम द्धादशी तिथि पारेर छात्रहरूलाई भोजन गराएको छ । विद्याश्रममा अध्ययनरत १५ जनालाई खाना सहित नगद रु २४ हजार सहयोग गरेका हुन् । कार्यक्रममा सिद्ध बराह तपोवन सन्यास आश्रमका तथा सिद्ध बराह ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष भेषराज पराजुली र गुरुकुल विद्याश्रममा प्रधानाध्यापक हरिलाल पौडेल लगायतले संस्थालाई… पुरा पढौ

पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति सुरु

पर्वत । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि चालु आिर्थक वर्षमा सङ्घीय सरकारबाट थप रु तीन करोड बजेट विनियोजन भएको छ । यसअघि विनियोजन भएको रु दुई करोड १५ लाख गरी रु पाँच करोड १५ लाखमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो । जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको… पुरा पढौ

र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

माघ २६ पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव केसीले ‘वैदेशिक रोजगारी आर्थिक समृद्धि र सामाजिक सङ्कटका अन्तर्कथा’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीको क्षणिक प्रलोभनका कारण नेपालका गाउँ मात्र होइन सहरसमेत रित्तिँदै गएको बताउँदै केसीले यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए… पुरा पढौ

ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । पुलिसले दुवै गोल पहिलो हाफमा कर्नरमार्फत गरेको हो । खेलको २८औं मिनेटमा विवेक पाण्डेले कर्नरमार्फत गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ४०औं मिनेटमा विवेककै कर्नरमा पुलिसका कप्तान राम वाजीले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । उनले कर्नरमार्फत आएको बललाई हेडमार्फत गोलको दिशा… पुरा पढौ

पोखरेली कवि प्रदीप खनालको ‘अनन्त यात्रा’ कविता संग्रह लोकार्पण

पोखरा, माघ २६ पोखरेली कवि प्रदीप खनालको ‘अनन्त यात्रा’ कविता संग्रह लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)द्वारा शनिबार प्रतिभा माविको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती एवम् बरिष्ठ साहित्यकार सरुभक्त, पोयुसाँप अध्यक्ष रिता अधिकारी (ऋतु), श्रष्टा तथा कवि प्रदीप खनाल, प्रतिभा माविका प्राचार्य किरण सापकोटा, प्रतिभा मावि ब्यबस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल र श्रष्टा प्रदीप खनालका पीता लोकनाथ खनालले एकसाथ कविता संग्रहको लोकार्पण गरेका हुन् । कविता संग्रहमा कुल ४१ वटा कविताहरु… पुरा पढौ

टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार

बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् । पर्यटन व्यवसायी आशुतोष प्रधान र हरि लामिछानेले उक्त कार्यक्रममा सहभागिता जनाउँदै बन्दीपुर भ्रमण वर्ष र बन्दीपुरको पर्यटन सम्भावनाबारे जानकारी गराएका छन । बन्दीपुरको इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिएको प्रधानले बताए । बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेका छन् ।… पुरा पढौ

पोखरामा आज ब्याक टु नाईन्टिज हुँदै, एउटै मञ्चमा ७ वटा ब्याण्ड गुञ्जिदै

पोखरा, माघ २६ सांगीतिक विरासत फर्काउन पोखरामा आज शनिबार साँझ ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा आज साँझ यो कार्यक्रम हुन लागेको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम आज साँझ ५ बजेदेखि १०… पुरा पढौ

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्री अधिकारीको आग्रह

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गेका छन । आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारमा कृषकले गरेको सामूहिक प्याजखेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले सो आग्रह गरेका हुन। “कृषि बालीमा धेरै विषादी प्रयोग नगरौँ, धेरै विषादी प्रयोग गर्दा आफू पनि रोगी भइन्छ”, उनले भने, “आफैँले प्रयोग गरेको विषादीले आफैँलाई रोग पनि लाग्छ, आफू पनि निरोगी बन्नुपर्‍यो ।” केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष… पुरा पढौ

खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः पचास लाख बराबरको क्षति

खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा… पुरा पढौ

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् ।… पुरा पढौ