समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी… पुरा पढौ

एमाले नेतृ मिनाकुमारी गुरुङलाई मातृशोक

पोखरा । नेकपा (एमाले) नेतृ मीना कुमारी गुरुङलाई मातृशोक परेको छ । गुरुङकी ८३ वर्षीया आमा मायादेवी गुरुङको बिहीबार साँझ निधन भएको हो । विगत दुई वर्षदेखि उपचाररत गुरुङको निधन भएको छोरी मीना कुमारी गुरुङले जानकारी दिनुभयो । विदेशमा रहेका परिवारका सदस्यहरू नेपाल आइपुग्न समय लाग्ने भएकाले स्वर्गीय मायादेवी गुरुङको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय गुरुङका श्रीमान् समाजसेवी मेजर दिलबहादुर गुरुङ, छोरी एमाले नेतृ मीना कुमारी गुरुङसहित तीन छोरी र दुई छोरा छन् । पुरा पढौ

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको वैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताए । “अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ, हामी सबै एक ठाउँमा उभिएर रहेका… पुरा पढौ

जापानी संस्थाबाट शीतला माविलाई करिब ३ लाख सहयोग

जापानमा सक्रिय ३ वटा संस्थाले पुतलीबजार नगरपालिका–५ मा रहेको शीतला माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ती संस्थाले करिब ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त सहयोग पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सुभाष शर्माको संयोजनमा, जापानस्थित संस्थाका नेपाल प्रतिनिधि सुभाषबहादुर बोहरा तथा प्रेम रेग्मीको मध्यस्थतामा विद्यालयमा प्राप्त भएको जनाईएको छ ।सो रकमबाट विद्यालयमा विद्यार्थीको सिकाइ वातावरण थप व्यवस्थित र सिर्जनात्मक बनाउन खेलकुद सामग्री, कक्षाकोठा व्यवस्थापनका सामग्री तथा कला एवं चित्रकला… पुरा पढौ

सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत, ऐतिहासिक कथामा दयाहाङ राईदेखि संस्कृति गुरुङसम्म

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा नेपाली चलचित्र ‘बुकी फूल’को शुभमुर्हत गरिएको छ । गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता बेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको सो चलचित्रको बिहिबारगुरुङ समुदायको सांस्कृतिक परम्पराअनुसार शुभ कार्यमा गरिने पूजाविधि सम्पन्न गरी शुभमुर्हत गरिएको हो । गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुर्हत कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको… पुरा पढौ

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई आज परिवारलाई हस्तान्तरण गरिएको बताए । सो विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उनीहरूको शव फेला परेको थियो । प्रबन्ध निर्देशक महर्जनका अनुसार… पुरा पढौ

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनको शवलाई स्थानीय तथा ट्रेकिङ एजेन्सिसँगको समन्वयमा उद्धारको पहल थालिएको उनले जानकारी दिए । उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए । पुरा पढौ

चालु आवको दुई महिनामा सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

चालु आर्थिक वर्ष २०८३÷८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ । कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौ दशमलव छ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट… पुरा पढौ

अर्थमन्त्री डा वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा वाग्लेले आज साँझ ५ः०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । साथै शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख… पुरा पढौ

पोखराका युवा व्यवसायी कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

पोखरा,३१ भदौ । पोखराका युवा व्यवसायी प्रदीप कोइराला व्यवसाय तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’ बाट सम्मानित भएका छन्।सिजन मिडियाको आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममा पोखरा बाराही ज्वयलर्सका प्रबन्ध निर्देशक रहनुभएका कोइरालालाई प्रथम राष्ट्रपति डा। रामवरण यादवले ट्रफी तथा सम्मानपत्र प्रदान गरे । व्यवसायबाट रोजगारी सिर्जना गर्दै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर अघि बढेको कोइरालाको उद्यमशील यात्रालाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।सुन तथा गरगहना व्यवसायमा सन् २०१३ देखि सक्रिय… पुरा पढौ