पोखरामा झै झगडा गर्ने ९ जना पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८३ मा प्रकाशित




पोखराको लेकसाइडमा झै झगडा र कुटपिटमा संलग्न ९ जना पक्राउ परेका छन् ।

तिहारको भाइटीकाको दिन लेकसाइडमा देउसी भैलो हेर्ने क्रममा झै झगडा गरी कुटपिटमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले बिभिन्न स्थानबाट सोमबार ९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङ घर भई पोखरा ११ बस्ने २८ बर्षका आशिष मगर, कास्कीको माछापुच्छ्रे घर भई लामाचौर बस्ने बर्ष २४ का सन्दिप गुरुङ, रुपा घर भई पोखरा १२ माटेपानीका ३० बर्षिय अरुण थापा, मोरङ घर भई पोखरा १६ दीपमा बस्ने बर्ष २३ का मनिष राई रहेका छन् ।

त्यस्तै घटनामा संलग्न पर्वत, मोदी घर भई पोखरा १९ लामाचौर बस्ने बर्ष २० का अभिशेक गर्बुजा,म्याग्दी घर भई पोखरा ११ फुलबारी बस्ने २८ बर्षिय प्रभात पुन, लामाचौर बस्ने २३ बर्षका प्रसन गर्वुजा,सोही ठाउँ बस्ने बर्ष २३ कै एनिश थापा र अर्का २४ बर्षका सुन्दर पुन रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

उनीहरुलाई वडा प्रहरी कार्यालय, बैदामको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।