समाचार

बुर्तिबाङमा एक करोड २८ लाखमा सभागृह निर्माण हुँदै

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ भब्रेटामा सिटी हल निर्माण गर्न थालिएको छ । नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले रु एक करोड २८ लाख लागतमा सिटी हल निर्माण गर्न थालेको हो । सरकारले नेपालका दश नमूना सहरमध्येमा छनोट गरेको बुर्तिबाङ बजारमा अहिलेसम्म सिटी हल बन्न सकेको थिएन । नयाँ सहर आयोजनाले गत वर्षदेखि भब्रेटामा हल बनाउन थालेको हो । निर्माण कम्पानीले ढिलासुस्ती गर्दा कामले गति लिन नसकेको नयाँ सहर आयोजना बुर्तिबाङका प्रमुख रामकृष्ण गिरीले जानकारी दिए । विसं २०८० फागुन… पुरा पढौ

टाइगर कप भलिबलः महिलातर्फ आयोजक र एपिएफले पहिलो क्वालिफायर खेल्ने

पोखरा । टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो । योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट… पुरा पढौ

मनाङका एक सय बाह्र किशोरीलाई एचभिपी खोप

मनाङ । देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ । हिमाली जिल्ला मनाङका कक्षा १ देखि १० सम्मका अध्ययनरत एक सय ६ किशोरीलाई एचभिपी खोप लगाइने भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ किशोरीलाई एचभिपी खोप दिइनेछ । उनले भने, “जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।”… पुरा पढौ

आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन

वालिङ । स्याङ्जा भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए। उनका अनुसार सम्झौता भएको मितिले… पुरा पढौ

गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि

गोरखा । गोरखा जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए । ‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उनको भनाइ छ । विंस २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल… पुरा पढौ

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ… पुरा पढौ

सुन्तला बेचेर २० लाख आम्दानी

बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गरेका छन । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् । “गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताउनुभयो ।… पुरा पढौ

गोरेटो कन्सल्टेन्सीको उद्घाटन महानायक राजेश हमालले गर्ने

पोखरा, माघ १४ नेपालकै उत्कृष्ट कन्सल्टेन्सी मध्येको एक गोरेटो कन्सल्टेन्सीको पोखरामा ब्राञ्च सञ्चालनमा आउने भएको छ । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुलमा गोरेटो कन्सल्टेन्सीको ब्राञ्च सञ्चालनमा आएको हो । ब्राञ्चको माघ १६ गते बुधबार विहान नेपाली चलचित्रका महानायक राजेश हमालले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक राजेन्द्र शर्माले एभरेस्ट आवाजलाई जानकारी दिए । उनका अनुसार ब्राञ्च उद्घाटनका लागि हमाल मंगलबार नै पोखरा आउँदै छन् । गोरेटो कन्सल्टेन्सी क्यानडा, युके अध्ययनका लागि जाने विद्यार्थीको सर्बाधिक… पुरा पढौ

आवश्यकताअनुसार अध्यादेश जारी गरिएकामा सत्तापक्षीय दल एकमत

माघ १४ काठमाण्डौं । सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् । सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न आज आयोजित बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसद्बाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् । संसद् बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । “थप केही छलफल गर्नुपर्ने विषय भए… पुरा पढौ

अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको दोस्रो दिन ७ खेल सम्पन्न

माघ १४ पोखरा । लोक कवि अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शोमबार सात खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा बरजला एफसी, एनकेबी एफसी, मुस्लिम कल्याण्कारी, रानीपौवा एघार, एनबीपीसी एफसी, माछापुच्छ्रे, श्रीशक्ती र एनएमवाइसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् । बरजलाले मियापाटन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्यो । यस्तै एनकेबीले केआइसीसी बुनलाई पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्‍यो ।… पुरा पढौ