समाचार

मेलामा ४० युनिट रगत संकलन

पोखरा । पोखराको नयाँ बजारमा आयोजित मेला परिसरमा आयोजित रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको छ ।पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र जारी ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१’ को अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४३ यूनिट रगत संकलन भएको हो । नेपाल मोवाइल वितरक संघ गण्डकी, इलेक्ट्रोनिक्स व्यवसाय संघ,क्यान कास्की र सिएआइटी नेपालले संयुक्त रुपले आयोजनामा भएको सो रक्तदान कार्यक्रमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता चिन्तामणि खरेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात… पुरा पढौ

मेलामा सूचना प्रविधिबारे परिचर्चा : ‘सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ’

माघ १५ पोखरा । युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ (मुख्य कार्यकारी निर्देशक) हुन्छन् र ? प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले तब दर्शकदीर्घामा खासखुस चल्यो–ए कुरा यस्तो पो रहेछ ! उनीहरु थिए– रिद इन्फोटेक प्रालिका प्रमुख कार्यकारी निर्देशक रुपेश आचार्य,ठूलो टेक्नोलोजीका कार्यकारी निर्देशक विश्वराज पौडेल र यार्साटेक प्रालिका इन्जिनियर रोशन श्रेष्ठ । कार्यक्रम संचालक प्रिति रानाभाटले उनीहरु सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवाहरु भएको युवालाई उत्प्रेरणा भर्नको लागि उपस्थित भएको जनाउ दिइन् ।… पुरा पढौ

अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार सङ्कुचित हुनसक्छ : अध्यक्ष प्रचण्ड

माघ १५ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउँदा देशमा नयाँ चुनौति उत्पन्न हुन सक्ने बताएका छन् । समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा प्रतिष्ठानमा आज आयोजित सभामा अध्यक्ष प्रचण्डले अध्यादेशकै भरका काम गर्दा जनताका अधिकार सङ्कुचित हुन सक्नेतर्फ सचेत गराए । प्रतिपक्ष गठबन्धनले विशेष अधिवेशनको माग गरेपछि सरकारले अधिवेशन बोलाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसद् बस्न अगाडि सबै विपक्षी दलहरूको बैठक बस्ने जानकारी दिए । प्राप्त राजनीतिक उपलब्धिको… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसल प्रतियोगिता कास्की छनौटको टाइसिट सार्वजनिक

माघ १५ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलको खेलतालिका सार्वजनीक भएको छ । बुधबार देखी हुने प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्ड मावि र सृजना मावि खेल्ने भएका छन् । ३१ विद्यालय सहभागीता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनौट हुने छन् । गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १९ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत,… पुरा पढौ

टाइगर कप भलिबलः भोलि लिगका अन्तिम चरणका खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट… पुरा पढौ

पोखरामा ४ दिने योग प्रज्ञा साधना (ध्यान शिविर) हुँदै

पोखरा, माघ १५ पोखरामा ४ दिने योग प्रज्ञा साधना अर्थात ध्यान शिविर हुने भएको छ । ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा पोखराको बिजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेल मैदानमा यहि माघ १६ गतेदेखि १९ गतेसम्म ध्यान शिविर हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । विहान ७ बजेदेखि राती ८ः३० बजेसम्म हुने शिविर दुई भागमा बाँडेर हुने ओशो अखण्डले जानकारी दिए । उनका अनुसार पहिलो दुई दिन शिविरमा सहभागीहरुको दुःख बुझेर त्यो दुःख कसरी निवारण गर्न… पुरा पढौ

रुख कटान खुलाउँदै गण्डकी सरकार

पोखरा, माघ १५ गण्डकी प्रदेश सरकारले रुख कटाउन खुलाउने भएको छ । गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापन निर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर रोकिएको रुख कटान खुलाउने भएको हो । यसअघि रुख कटान सम्बन्धि कार्यविधी नहुँदा गण्डकीमा २०७७ सालदेखि रुख कटान रोकिएको थियो । जसले गर्दा ढलापडा रुखसमेत कटान गर्न नपाउँदा गण्डकीका अधिकांश सामुदायिक तथा सरकारी वनमा रुख कुहिएर जाने अवस्थामा छ । तर अब ढलापडा रुख कटान गर्न मिल्नेगरी कार्यविधी ल्याउन लागेको गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री… पुरा पढौ

नेपालमा पाठेघरको क्यान्सरले दैनिक ४ जनाको मृत्यु

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनी मृत्यु हुने गरेको उनले बताए । ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन्… पुरा पढौ

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकीले एपिएफलाई हरायो

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गराएको हो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र एपिएफले… पुरा पढौ