समाचार

निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा झण्डै ५ प्रतिशत पोजेटिभ

पोखरा । रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३ जना महिलामा पोजेटिभ देखिएको छ । पोखरा महानगरपालिका वडा नं १६ मा जुम्लेटीमा आयोजना गरिएको सो शिविरमा सहरी सुविधा भएपनि जनचेतनाको कमीका कारण महिलाहरुले समय–समयमा स्वास्थ्य परिक्षण नगर्दा सो परिणाम आएको पोखरा महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अमृत तिम्सिना बताए । पोजेटिभ देखिएका महिलाहरुको… पुरा पढौ

अध्यावधिक नहुने खेल संघलाई कार्वाही गर्ने सदस्य सचिव शर्माको चेतावनी

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले निर्धारित मिति यही पुष २० गते भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् । समय भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छाप समेत प्रयोग गर्न नपाउने उनले… पुरा पढौ

पुर्खाहरुको चिनो परम्परागत घरहरु एक्लिए गाउँघरमा

लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि ? बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ । उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन् । रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै छन् । उनको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे… पुरा पढौ

प्रतिभा माविको गणित हाजिरीजवाफमा अन्तिम प्रतिष्पर्धाका लागि ८ समूह छनौट

पोखरा, पुस २१विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनका लागि यहाँस्थित प्रतिभा माविले आइतबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताका विद्यालय संचालक समिति अध्यक्ष नारायण पौडेल र प्रमुख अतिथि गणित समाजका केन्द्रीय सचिव डा.… पुरा पढौ

अन्तर्राष्ट्रिय सम्मेलनले गण्डकी प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने मन्त्री थापाको विश्वास

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए । उनले डा. सन्दुक रुइतजस्तो विश्वप्रसिद्ध… पुरा पढौ

पर्वतमा ग्यास चुहिएर आगलागी हुदा वृद्धाको मृत्यु

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिईन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला… पुरा पढौ

श्री गाउँ विकास सहकारीको साधारणसभा सम्पन्न

पोखरा । श्री गाउँ विकास समाज बहुमुखी सहकारी पोखरा १६ बाटुलेचौरको २६ औं साधारण सभा सम्पन्न भएको छ। सहकारीले सामाजिक सेवा सम्मानबाट समाजसेवी पुष्पराज अधिकारी र सहकारी विकासमा योगदान पुर्याएका दुर्गालाल श्रेष्ठलाई सम्मान गरेको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व वडाध्यक्ष दान वहादुर बानियाँ, सल्लाहकार दुर्गा केसी , अध्यक्ष कर्णबहादुर खड्का र संस्थापक अध्यक्ष कुञ्जराज थापाले मायाको चिनो, सम्मान पत्र र सल ओढायर सम्मान गरे । कार्यक्रममा सहकारीले उत्कृष्ट वचत कर्ता हरि कुमारी गुरुङ, उत्कृष्ट कारोबार गर्ने हिमलाल पौडेल, दैनिक… पुरा पढौ

स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न

पोखरा । स्याङ्जा घर वा माइत भैँइ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आउनु भएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दे पोखरा महानगर पालिका वडानम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाको तर्फ बाट तालिम प्रदान गर्न लागिएको बताए । महिलाहरूलाई हरेक क्षेत्रमा… पुरा पढौ

सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी अध्यक्षमा सुबेदार चित्र मल्ल

पोखरा । सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी प्रदेशको ८ औ साधारण सभा तथा तेस्रो अधिवेशनमा सुबेदार चित्र बहादुर मल्ल अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा असुमे कृष्ण चन्द ठकुरी , दितिय उपाध्यक्षमा सुबेदार सुर्य कार्की , सचिवमा क्या लेख बहादुर के।सी , कोषाध्यक्षमा सुबेदार नारायण छेत्री , सह सचिवमा देवी थापा , सह कोषाध्यक्षमा हवल्दार कृष्ण पौडेल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सुबेदार प्रेम बहादुर थापा , सोचना सेन , कृष्ण कुमारी… पुरा पढौ

हरिदेवीको ‘चरीको घर’ र रीताको ‘बेरीतका रीतहरु’ सार्वजनिक, रीता न्यौपाने पहारीको अध्यक्षतामा स्रष्ट्रा समाज घोषणा

पोखरा । साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन “चरीको घर” र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन “बेरीतका रीतहरु” सार्बजनिक गरिएका छन् ।नेपाल स्रष्टा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बरिष्ठ साहित्यकार सरुभक्त, कृतिकारलगायतले पुस्तकहरु सार्वजनिक गरे । कोइरालाको दशौं कृति “चरीको घर”मा पन्ध्र बालकविता छन् । आफ्ना गीतहरु पढेर बालबालिका समाज र संस्कृतिप्रति परिचित बनून् र समाज र संस्कृतिप्रति सम्मान जागृत होस् भन्ने अपेक्षा गरेको कवि कोइरालाले सुनाइन् । शिक्षणबाट सेवा निवृत्त कोइरालाले… पुरा पढौ