समाचार

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड

गलेश्वर । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ । सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ… पुरा पढौ

सूर्योदय र सूर्यास्त अवलोकनको आकर्षक गन्तव्य बन्दै कोरीडाँडा

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हँुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए ।… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए। यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले… पुरा पढौ

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडाँैको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए। गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको… पुरा पढौ

बरिष्ठ पत्रकार कार्कीलाई श्रीपती सामाजिक पत्रकारिता पुरस्कार

पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार कार्कीलाई शनिबार पोखरामा एक कार्यक्रमका विच पुरस्कृत गरिएको हो । वरिष्ठ पत्रकार कार्कीले पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप नगद २२ हजार २ सय २२ राशीसहित दोषल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो । २०२९ सालमा राससबाट पत्रकारिता शुरु गरेका कार्कीले पत्रकारितामा पाँच दशक बिताईसकेका छन् । हाल उनी विविसी नेपाली… पुरा पढौ

गण्डकी प्रदेश पौडी संघका कुँवर

पोखरा । गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि आनन्द कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जस अन्तर्गत संघको उपाध्यक्षमा कृष्ण भक्त आचार्य, सचिवमा जीवन रेग्मी, कोषाध्यक्षमा बबिता कार्की के.सी. निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा लाल बहादुर पराजुली थापा, तिल बहादुर थापा मगर, सूर्य बहादुर सिग्देल, राजेन्द्र बहादुर अधिकारी, धमेन्द्र गिरी, विष्णु पहारी, रुवि तामाङ, अर्जुन नेपाली, अमृत खड्का, महेन्द्र भुजेल निर्वाचित भए ।… पुरा पढौ

कास्की नेत्रहीन संघमा हाजिर जवाफ प्रतियोगिता

पोखरा । ब्रेल लिपिका आविश्कारक लुुइस ब्रेलको २१६ औँ जयन्ती तथा विश्व ब्रेल दिवस २०१५ को अवसरम कास्की नेत्रहीन संघले शनिबार गण्डकी प्रदेश स्तर हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कास्की नेत्रहीन संघको आयोजना र इन्टरनेश्नल काउन्सिल फर एजुकेसन अफ पिपल विथ भिजुअल ९आइ सि इ भि आइ० को संयूक्त आयोजनामा प्रदेश स्तरिय हाजिरी जवाफ प्रतियोगितामास्याङ्जा नेत्रहीन संघले प्रथम , नेत्रहीन युवा संघ, कास्की शाखा द्वित्तीय, कास्की नेत्रहीन संघ, तृत्तीय र चिल नेपाल समहले सान्त्वना स्थान प्राप्त गरेका छन्… पुरा पढौ

अग्नीमाया जोशी समाज सेवा पुरस्कारबाट खड्का सम्मानित

पोखरा । अग्नीमाया जोशी समाज सेवा पुरस्कारबाट रामकली खड्का पुरस्कृत भएकी छन् । विगत पाँच दशकदेखि पोखरालाई कार्यक्षेत्र बनाई समाज सेवा गर्दै आएकी खड्का उक्त पुरस्कारबाट पुरस्कृत भएकी हुन् । पोखरेली दिदीबहिनी समुहको आयोजनामा शनिबार ललितपुर बार एशोशियसनको सभाहलमा आयोजित एक कार्यक्रमकाविच उनलाई सर्वोच्च अदालतका न्यायाधिश सारंगा सुवेदीले नगद सहित सम्मानपत्रद्वारा पुरस्कृत गरिन् । गत वर्ष सडक दुर्घटनामा निधन भएकी आफ्नी श्रीमती अग्नी माया जोशीका नाममा उनका श्रीमान् श्यामशंकर जोशीले ४५ औं दिनको पूण्य तिथीमा पोखरेली दिदीबहिनी समुहले सञ्चालन गर्ने… पुरा पढौ

संविधान संसोधन गरेर बहुमत नआए लोकप्रिय मतलेपनि पाँचै वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्छ : महामन्त्री थापा

पुस २० पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकप्रिय मतलेपनि पाँचै वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संसोधन गरेर बहुमत नआए सबैभन्दा धेरै मत ल्याउने दलले पाँचै वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् । अहिलेको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको बताउँदै उनले भने,‘यसले देशमा अस्थिरता मच्चियो । त्यसैले अब बहुमत आएन भनेपनि केहि छैन, जुन पार्टीले धेरै… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

पौष २० पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी,… पुरा पढौ