समाचार

१३ वटा सामुदायिक वन उपभोक्ता समूहद्धारा सामूहिक धानखेती

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन् । वडा नम्बर १ को गुणादी फाँटमा ती वन समूहहरूले सामूहिक रूपमा धानखेती गरेका हुन् । त्यसबाट उत्पादित धान विपन्न १६ घरधुरी परिवारलाई निःशुल्क वितरण गरिएको बाराही सामुदायिक वन समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । वन समूहको आम्दानीबाट रु आठ लाख २५ हजारमा ३६ रोपनी खेत बन्धकी लिएर १६ घरधुरी उपभोक्तालाई खेतीका लागि उपलब्ध गराइएको खनालले बताए । सामूहिक खेतीबाट… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारी स्याङ्जामा

वालिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ । कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा आइपुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् । सडकमार्ग हुँदै त्यहाँ पुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए । भण्डारीले आज दिउँसो शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका… पुरा पढौ

कुश्मामा नगरप्रमुख रोजगार कार्यक्रम सुरू

पर्वत । बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्नका लागि पर्वतको कुश्मा नगरपालिकामा नगरप्रमुख रोजगार कार्यक्रम सुरू गरिएको छ । नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको लामो समयपछि त्यस्तै प्रकृतिको कार्यक्रम कुश्मा नगरपालिकाले सुरू गरेको हो । नगरभित्रका बेरोजगार युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न तथा आयआर्जनका क्रियाकलाप सञ्चालन गरी सामुदायिक पूर्वाधार निर्माण, कृषि, अध्ययन, अनुसन्धानलगायत विविध क्षेत्रहरूमा संलग्न गराई बेरोजगारी र शैक्षिक बेरोजगारीको समेत समस्या समाधानमा योगदान पुर्याउन नगरप्रमुख रोजगार कार्यक्रम सुुरू गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए ।… पुरा पढौ

मुग्लिन –पोखरा सडक: पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप

मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो । पश्चिम खण्ड विस्तार गर्न आगामी २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी… पुरा पढौ

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ।विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र… पुरा पढौ

बेलायतमा तामाङ समुदायद्वारा सामूहिक ल्होसार आयोजना हुने

बेलायतमा रहेका तामाङ समुदायले यस वर्ष सोनाम ल्होसार सामूहिक रूपमा मनाउने तयारी गरेका छन्। जनवरी २५ मा लण्डनको ह्यारो लिजर सेन्टरमा तामाङ समुदायका पाँच संघ–संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्ने भएका छन्। ल्हाम्हेंदो तामाङ समाज, तामाङ समाज युके, म्हेंदोमाया समाज युके, तामाङ घेदुङ रेडिंग, र ह्युल्बा केन्टको संयुक्त प्रयासमा पहिलो पटक सामूहिक सोनाम ल्होसार मनाउन लागिएको ल्होसार मूल आयोजक समारोह समिति, बेलायतका सदस्य तथा ल्हाम्हेंदो समाज युकेका महासचिब विशाल स्याङ्बो तामाङले बताए । यस कार्यक्रमले तामाङ समुदायबीचको एकता र संस्कृतिको… पुरा पढौ

गण्डकीमा पुष ९ गतेसम्म खेलाडी दर्ता गरिसक्नु पर्ने

पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहिबार आयोजित विभिन्न खेल संघका पदाधिकारीहरुको बैठकमा परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी गराएका हुन् । १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिब शर्माले उक्त जानकारी दिंदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने जनाएका हुन् । “१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ” सदस्य सचिब… पुरा पढौ

प्रतिभामा ‘प्रतिभा आइडल’ सम्पन्न

पोखरा । पोखराको प्रतिभा मा. वि.मा प्रतिभा आइडल सम्पन्न भएको छ । विद्यालयको ईसीए विभागले कक्षागत रुपमा उक्त प्रतियोगिताको आयोजनामा गरेको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागि प्रतियोगितामा ५१ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ५ का प्रथम प्राप्ती पौडेल, द्वितिय आयुश्री तिमिल्सीना, आशिमा सेन, तृतिय नमुना सुवेदीको समुह भएका छन् । यस्तै कक्षा ७ तर्फ प्रथम आर्यन क्षेत्री, द्वितिय बैरनवी उपाध्याय हुँदा अदिति बास्तोलाको समूहले तृतिय स्थान प्राप्त गर्‍यो। कक्षा ८ तर्फ सर्वर्णि बास्तोला प्रथम,… पुरा पढौ

घान्द्रुक जीप दुर्घटना : ५ जना घाइते, एकको अवस्था गम्भीर

पोखरा । पोखराबाट बिहीबार घान्द्रुक जाँदै गरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बिहीबार दिउँसो कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं.१० बिकासे डाँडामा ग १ ज ६८२१ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार ७ जना मध्य ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्य मुस्ताङ थासाङ गा.पा. १ टुकुचेकी बर्ष ७० की भिम कुमारी थकाली गम्भीर घाइते भएको जनाइएको… पुरा पढौ

मिर्मि बहुमुखी क्याम्पसमा महायज्ञबाट दुई करोड बढी सङ्कलन

पुस ४ स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । राष्ट्र निर्माण धार्मिक महोत्सव, २०८१ अन्तर्गत मिर्मी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सञ्चालन तथा क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु दुई करोड ३० लाख रकम सङ्कलन भएको हो । कलश बिक्री, दान पेटिका, सहयोग रसिद, आजीवन सदस्य लगायतका शीर्षकबाट रकम सङ्कलन भएको हो । मिर्मीमा २०६२ सालमा सामुदायिक क्याम्पसका रुपमा स्थापित उक्त क्याम्पसले महायज्ञबाट सङ्कलन… पुरा पढौ