समाचार

बिरौटा स्केटिङ पार्क तथा प्लेजोन शुभारम्भ

पोखरा । वैदेशिक रोजगारीबाट फर्केका चार युवाहरुको लगानीमा पोखरा–१७, बिरौटामा स्केटिङ पार्क तथा प्लेजोन संचालन गरिएको छ । उक्त प्लेजोनको पोखरा १७ निवासी समाजसेवी ८२ बर्षिय नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष एवं मणिपाल अस्पतालका संञ्चालक नारायण प्रसाद पौडेलले सम्युक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा संघिय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश वराल, समाजसेवी श्रीबहादुर रानाभाट, रानाभाट÷भाट समाज नेपाल कास्कीका अध्यक्ष सुर्यबहादुर रानाभाट लगाएतले युवा पलायन बढी रहेको यस्तो बेलामा देश मै केहि गर्छु भन्ने युवालाई राज्यले… पुरा पढौ

१७ औं हिसान कास्की स्पोर्टस मिट : पहिलो दिन बास्केटबलतर्फ १४ खेल सम्पन्न

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरु भएको १७ औं हिसान कास्की स्पोर्टस मिटको पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन पोखरा रंगशालास्थित बास्कैटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टु तर्फ १४ खेल सम्पन्न भएको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिएका हुन् । पोखरा रंगशाला बास्केटबल कोर्टमा सम्पन्न खेलमा पोखरा आदर्शले रेन्वो एकेडेमीलाई ४४–६ ले, बालकल्याणले सिर्जना माविलाई ४१–१३ ले, ग्लोबल कलेजियटले… पुरा पढौ

‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ लोकार्पण

मंसिर १० पोखरा । निवृत्त प्राध्यापक समाज, पोखराद्वारा प्रकाशित ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ पुस्तक लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमका बीच आज गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा लोकार्पण गरे । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर पोखरा र आसपासका क्षेत्रमा बसोबास गरिरहेका १०८ जना प्राध्यापकहरूको सङ्क्षिप्त परिचयात्मक जीवनी तथा अनुभवलाई पुस्तकमा समेटेको हो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गुरुङले लामो समय… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा रू छ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ… पुरा पढौ

पोखरा जेसीजको अध्यक्षमा रानामगर

पोखरा । पोखरा जेसीजको २०२५ का लागि अध्यक्षमा भाइराजा रानामगर चयन भएका छन् । जेसीजको ४५ शाखाको ५० औं अधिवेशनले राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षहरुमा किरण आचार्य, सुजन पोख्रेल, जेसी सन्जय कुमार शर्मा, सुशील पौडेल, महासचिवमा रबिन पौडेल, कोषाध्यक्षमा जेसी रबिन्द्र गोदार र सचिवमा सन्जय पौडेल चयन भएका छन् । यस्तै अधिवेशनले संस्थाको निर्देशकमा सरोज पौडेल, सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदारलाई चयन गरेको छ । संस्थाको कानुनी… पुरा पढौ

‘बागलुङको पहिचान बुट्टेनली’ संरक्षणको प्रयास

गलकोट । बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको बुट्टेनलीलाई पुनः संरक्षण गर्न थालिएको छ । बुट्टेनली बनाउने मानिसको सङ्ख्या कम हुँदा हराउन थालेको बुट्टेनली विद्यार्थीलाई सिकाउन थालिएको छ । बुट्टेनलीको संरक्षण गर्दै बुट्टेनली खोप्ने कलाको पुस्तान्तरण गर्न युवा पुस्तालाई सीप सिकाउन थालिएको छ । बुट्टेनली जोगाउन गत वर्षदेखि विद्यार्थीलाई सिकाउन थालिएको हो । अहिले केही नयाँ… पुरा पढौ

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच सिलान्यास गरेका हुन । सो अवसरमा वोल्दै सांसद मन बहादुर गुरुङले युनाईटेड… पुरा पढौ

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे। “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक… पुरा पढौ

विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्शाङ्कन गरिएको छ । पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन तथा भौगोलिक रूपमा पुर्‍याउनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नक्शाङ्कन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गाउँपालिकाको पहलमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०मार्फत पहिराले बढी क्षति पुर्‍याउनसक्ने स्थानको नक्शाङ्कन गरिएको उनको भनाइ छ । गाउँपालिकाले १९ स्थानका पहिराको नक्साङ्कनका लागि प्राथामिकीकरण गरेको थियो ।… पुरा पढौ

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो । विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने… पुरा पढौ