समाचार

नेपाल मगर सङ्घ नयाँ बजार समिति बन्यो देउसी भैलो च्याम्पियन

पोखरा । पोखरा टेलिभिजन एन्ड मिडिया प्रा.लिले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव सम्पन्न भएको छ । उत्सवमा भएको देउसी भैलो प्रतियोगितामा नेपाल मगर सङ्घ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्रामण, क्षेत्री, गन्धर्व समुदाय बिच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी , कलाकार सरला पाण्डे, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु,कार्यक्रम संयोजक घनश्याम पाण्डेय… पुरा पढौ

प्रकृति र संस्कृति पर्यटन विकासको आधार–नेता अधिकारी

गण्डकी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताउनु भएको छ । नेकपा (एमाले) पोखरा १७ द्धारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापालन कार्यक्रममा बोल्दै उहाँले यस्ता आधारको उपयोग गर्दै समृद्धिसंग जोड्नु पर्ने बताए । गण्डकी प्रदेशका निवर्तनमा मुख्यमन्त्री समेत रहेका अधिकारले प्राकृति सम्पदान र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औल्याए । भ्रष्टाचारी र सहकारीको वचत अवचलन गर्ने कुनै पनि व्यक्ति एमाले… पुरा पढौ

सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई

पोखरा । अम्बिका–भागवत फाउण्डेशन नेपालद्वारा हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई अर्पण गरिने भएको छ । साहित्यकार अम्बिका भण्डारीको संयोजकत्वमा गोमा सोती र खडानन्द पौडेल रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलवार सम्पन्न बैठकले सर्वसम्मत स्वीकृत गरेको हो । पोखरा बैदाममा जन्मेकी हरिदेवी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका तीसको दशकदेखि अविचलित निष्ठाका साथ एकक्षत्र राज गर्दै आइरहेकी विलक्षण प्रतिभा हुन् । उनका दर्जन साहित्यिक कृति, एक सय बढी लोकदोहारी गीति एल्बम र झण्डै… पुरा पढौ

खानेपानी संस्थान कर्मचारीबीचको विभेद अन्त्य गर: अध्यक्ष धमला

पोखरा । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा दिपावली, नेपाल सम्वत, छठ लगायत पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले युनियन कर्मीमा अनुशासन, मितव्ययी र मित्रवत व्यवहार आवश्यक पर्ने बताए । संस्थानमा व्यवस्थापनले कर्मचारीलाई काखा र पाखा गर्दा दिनानुदिन धरासायी बन्दै गएको बताए । अध्यक्ष धमलाले कर्मचारी सेवा शर्त विनियमावली व्यवस्थापनले नकारात्मक ढंगले खेल्दा आजसम्म प्राप्त नभएको उल्लेख गरे । केन्द्रीय समितिको २१ औं जुम… पुरा पढौ

पृथ्वीचोकको डिजिटल बोर्डमा महिला साफ च्याम्पियनसीपको फाइनल खेल देखाइने

पोखरा, कात्तिक १४ पोखराको पृथ्वीचोकमा महिला साफ च्याम्पियनसीपको फाइनल खेल देखाइने भएको छ । आयोजक नेपाल र बंगलादेशबीच हुने साफ च्याम्पीयनसीपको फाइनल खेल पृथ्वीचोकस्थित डिजिटल डिस्प्ले बोर्डमा देखाइने भएको हो । दशरथ रंगशालामा आज साँझ ६ः३० बजेदेखि फाइनल खेल हुनेछ । पोखरा महानगरपालिकाको पहलमा डिजिटल डिस्प्लेमा फुटबल देखाइने र त्यसको तयारी गरिएको महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । पुरा पढौ

पोखरामा फूल : मालाको १ सयदेखि १८० रुपैयाँ, थुङ्गाको ३–५ रुपैयाँ

पोखरा, कात्तिक १४ यस वर्षको तिहारमा पोखरामा करीब साढे करोड रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा साढे दुई करोडदेखि ३ करोड रुपैयाँ बराबरको तिहारे (सयपत्री) फूलको कारोबार हुने भएको हो । जसका लागि फूलको जोहो भइसकेको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ । ‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गरेका छौं’–एशोसियसनका कास्की अध्यक्ष रामप्रसाद सुवेदीले भने । तिहारका लागि पोखरामा आवश्यक फूल स्थानिय उत्पादनले धान्छ । स्थानिय उत्पादनले धान्ने फूलको… पुरा पढौ

चाँडपर्वको अवसरमा भाषा संघ नेपालको शुभकामना आदानप्रदान

पोखरा, कात्तिक १४ भाषा संघ नेपाल (ल्यान)ले नेपालीको विभिन्न चाँडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपालीको महान चाँडहरु बडादशैं, शुभ दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना साटासाट गर्दै संघले गर्ने आगामी कार्यक्रमको बारेमा धारणा राखेका थिए । संघका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रथम उपाध्यक्ष मोतीप्रसाद श्रेष्ठले स्वागत तथा महासचिव बालकृष्ण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । शुभकामना दिदै अध्यक्ष भान्साकार्यले भाषा संघ नेपाल जापानी… पुरा पढौ

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

कार्तिक १४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिए उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री… पुरा पढौ

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती

कार्तिक १४ काठमाण्डौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो । आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आज बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजा, आराधना गरेका थिए । धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रुपमासमेत मानिन्छ । देव र असुर मिली नागको… पुरा पढौ

काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

कार्तिक १३ काठमाण्डौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गरेका छन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई आज आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । काउन्सिलमा पत्रकार महासङ्घको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । यसैबीच अध्यक्ष बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरेका छन् । नयाँ खुलेका अनलाइन… पुरा पढौ