समाचार

पोखरा ल्याइदै गरको कटपिस ढुङ्गा सहित मिनी टिप्पर नियन्त्रण

पोखरा । अन्नपुर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एक सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार राती साढे ९ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्र्तगत अन्नपूर्ण संरक्षण क्षेत्रबाट कटपिस ढुङ्गा सहित पोखरातर्फ आउँदै गरेको ग १ ख ७२३४ नम्वरको मिनी टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्नपुर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी भईरहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै मिनि टिप्परलाई रोकी चेकजाँच गर्ने क्रममा… पुरा पढौ

पामे बचत तथा ऋण सहकारीमा नवराज पराजुली

असोज २० पोखरा । पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन्… पुरा पढौ

प्रधानमन्त्री उद्धार कोषमा एमालेको रु ५० लाख सहयोग

असोज २० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे । प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट पारे । एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय… पुरा पढौ

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

असोज २० काठमाण्डौँ नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व… पुरा पढौ

चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

पोखरा, असोज २० पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो । असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उनले बताए ।… पुरा पढौ

नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ । आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात… पुरा पढौ

दर्शन सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १४ औं साधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०८०/०८१ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । नेपाल ठकुरी संगम परिवार कास्कीका प्रमुख सल्लाहकार डा. बिरेन्द्र हमालले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरे । हमालले सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम… पुरा पढौ

पोखरामा खुल्यो ‘फोन स्टोर’

असोज २० पोखरा । पोखराको चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा आएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसर पारेर यूवा व्यवसायी अर्जुन बस्ताकोटीले उक्त स्टोर सञ्चालनमा ल्याएका हुन् । विभिन्न ब्राण्डका मोवाइल तथा मोवाईल एशोसरिज, ग्राहकहरुलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक बस्ताकोटीले जानकारी दिए । सञ्चालक बस्ताकोटीका अनुसार पसलमा रियलमी, रेड्मी, सामसुङ, होनर, इन्फिनिक्स, एप्पल लगायतका ब्राण्डका मोवाईलहरु उपलब्ध छन् । उक्त मोवाइलको खरिदमा हात खाली नजाने गरि उपाहार कुपनहरु… पुरा पढौ

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधान न्यायाधीश पदमा नियुक्त गरिएको थियो ।रासस पुरा पढौ

तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

पाटन । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिए । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए । “सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको… पुरा पढौ