समाचार

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

गोरखा । त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार जोड्ने झोलुङे पुल बगाएपछि अहिले यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको हो । “ठेउवाटारबाट अलि नजिकै रहेको अर्को झोलुङे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पु¥याएको छ”, सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले भने, “क्षतिग्रस्त पुलबाट हिँडडुल गर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता यहाँका स्थानीयवासीको… पुरा पढौ

श्री मनकामना महिला विकास सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा । पोखरा १ अधिकारी टोल स्थित श्री मनकामना महिला बिकास सहकारी संस्था लिमिटेडको २७ औ साधाणसभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष प्रधानले सहकारिले सामाजिक उध्यमता र महिला शसक्तिकरणको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको बताए । कार्यक्रममा यस वर्षको माध्यमिक तहमा ३ जि. पि.ए. भन्दा बढी ल्याई उत्तीर्ण हुने संस्था सदस्यका ९ जना छोराछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा अनुशासित बचतकर्ता तर्फ इन्दिरा पराजुली , असल कारोबारकर्ता रुद्र के. सी. तथा संस्थाका जेष्ठ सदस्य राधिका अधिकारीलाई… पुरा पढौ

पोखराको सुनगाभा सहकारीको अध्यक्षमा रामबहादुर थापा निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ स्थित सेदीभिलेजमा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन । पोखरामा शनिबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नौ सदस्सीय सञ्चालक समिति र तीन सदस्सीय लेखा समिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा पार्वती कोइराला,सचिव कृष्णबहादुर थापा, कोषाध्यक्ष राजु थापा चयन भए । सदस्यहरुमा रमेश थापा(सुमन), सुरेन्द्र थापा, मीना थपलिया, जीवनकुमारी अधिकारी पराजुली र कृष्णबहादुर थापा सर्वसम्मत निर्वाचित भएका हुन । लेखा समितिको संयोजकमा निर्मल पहारी… पुरा पढौ

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् । काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २०… पुरा पढौ

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

काठमाडौँ । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरे । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी… पुरा पढौ

तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६१ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको… पुरा पढौ

अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण

गलकोट । जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ । जैमिनी नगरपालिका–५ का वडाध्यक्ष ठगबहादुर थापाका अनुसार रु ७८ लाख १० हजारको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु ६० लाख र जैमिनी नगरपालिकाले रु २० लाख गरी खर्च गरेका थिए । उक्त भवन कार्यारम्भ गरेको नौ महिनामा पूरा भएको हो । भवनको उद्घाटन गत बिहीबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या छ हजार तीन सय १४ थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र… पुरा पढौ

बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरूङ

असोज १९ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् । फास्ट फुड एशोसिएसन नेपालले आज आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताए । “देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयोे, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले… पुरा पढौ

सेतीमदी बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न

असोज १९ पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए । कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद… पुरा पढौ