समाचार

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलंका पराजित

असोज ७ काठमाण्डौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो… पुरा पढौ

समावेशी बचतको १७ औं वार्षिक साधारण सभा

असोज ७ पोखरा । समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१ वगरको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाको साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ सदस्य तर्फ शरण श्रेष्ठ, अनुशाशित बचत सदस्य सीता अधिकारी, र असल ऋणिबाट वलराम भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ र संस्थाकी अध्यक्ष सीता गुरुङले सम्मानित व्यत्तित्वलाई सम्मान गरेकी थिइन् । साधारण सभामा संस्थाकी सचिव जीवन अधिकारी, कोषाध्यक्षको तर्फबाट… पुरा पढौ

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ

असोज ७ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाले आज आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले बेथिती र विसङ्गतिविरुद्ध आवाज उठाउने पत्रकारिता क्षेत्रको संरक्षण गर्न राज्यले ध्यान दिइरहेको बताए । “न्यूनतम पारिश्रमिकसमेत नपाउने स्थिति झेलेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेका छन्, पत्रकार हरेक हिसाबले जोखिममा छन्, यद्यपि, आफ्नो जिम्मेवारी पूरा… पुरा पढौ

समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे

असोज ७ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रुपमा देखाउन सकिने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रुपमा स्थापित भएको बताए । “साहित्यले अप्ठ्याराकाबीच आशाका सञ्चार गर्छ, समाजमा पुनःजागरण र जागृतिको आवश्यकता रहेकाले यसमा साहित्यकारले योगदान गर्न सक्छन्, बिपी कोइरालाले आत्मवृत्तान्तमा धेरै व्यावहारिक मान्छे भावुक जति पवित्र हुँदैन भनेका छन् ।… पुरा पढौ

भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

असोज ७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५ औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरेका हुन् । “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई… पुरा पढौ

रविलाई पक्राउ पुर्जी जारी भएको हो ? कि बजार हल्ला मात्र ?

पोखरा, असोज ७ सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको देशव्यापी हल्ला छ । तर अदालत र प्रशासन यसबारे तैँचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन… पुरा पढौ

अदालतले दियो छविलाललाई हिरासतमा थप ५ दिन राखेर अनुसन्धान गर्न अनुमती

पोखरा, असोज ७ सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आईतबार काठमाडौंबाट पक्राउ गरेर सोहि दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराईएको थियो । जोशीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी… पुरा पढौ

रविलाई पक्राउ पुर्जी जारी भए-नभएकोबारे अदालत र प्रशासन तैचुपमैचुप

पोखरा, पोखरा, असोज ७ सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको हल्ला छ । तर अदालत र प्रशासन यसबारे तैचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन ।… पुरा पढौ

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो

असोज ६ पोखरा । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ । अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ । रासस पुरा पढौ

शिक्षक हित बचत तथा ऋण सहकारीको साधरण सभा सम्पन्न

पोखरा । पोखरा– ५ स्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधरण सभाको गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले पछिल्लो क्रममा सहकारीहरु समस्यामा परिरहेको सन्र्दभलाई जोड्दै यसको मर्म अनुसार अगाडी बढेमा कुनैपनि बाह्य समस्याले सहकारी संस्थालाई प्रभाव नपार्ने धारणा व्यक्त गरे । उनले स्व नियत्रण प्रणालीबाट सञ्चालन गरिएका सहकरीमा जिम्मेवार व्यक्तिले सधै पदीय अनुसासनमा रहेको अवस्थामा कुनैपनि समस्या नआउने बताए । यस्तै कार्यक्रममा नेपाल… पुरा पढौ