समाचार

विदेश पठाइदिने भन्दै ठगी गरेको अरोपमा कलाकार ‘इकू’ पक्राउ

भदौ २६ काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा,… पुरा पढौ

‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक’

भदौ २६ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उनले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताएका हुन् । पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गरे । उनले… पुरा पढौ

प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा, भदौ २६विभिन्न विश्वविद्यालयले लिएको स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उनीहरुले पूर्ण छात्रवृत्तिमा प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएससी नर्सिङतर्फ प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी थिईन । त्यस्तै इन्जिनियरिङतर्फ अभिषेक न्यौपानेले आफुलाई… पुरा पढौ

पोखरा हत्या प्रकरण : सम्बन्ध बिच्छेदको प्रक्रिया चलिरहेको थियो

पोखरा, भदौ २६ पोखरामा आज भएको श्रीमती हत्या आरोपित जहरसिंह कुँवर मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भएको खुलेको छ । वैदेशिक रोजगारीबाट फर्केका श्रीमान जहरसिंह कुँवर डिप्रेसनको सिकार थिए । उनले नियमित औषधीसमेत लिने गरेको कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमान जहरसिंहले आज दिउँसो सामान्य विवादमा श्रीमती राधिका कुँवरको हत्या गरेका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय जहरसिंहले आफ्नै श्रीमती ४० वर्षीया राधिकाको आज हत्या गरेका हुन् । कुँवर… पुरा पढौ

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक… पुरा पढौ

पोखराका एक व्यक्तिले गरे श्रीमतीको हत्या

पोखरा, भदौ २६ पोखराका एक व्यक्तिले सामान्य विवादमा श्रीमतीको हत्या गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय जहरसिंह कुँवरले आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरको आज हत्या गरेका हुन् । दिनहुँ केहि न केहि विषयमा विवाद भइरहने कुँवर दम्पतीबीच मिलाप थिएन । वैदेशिक रोजगारीबाट फर्केका श्रीमान जहरसिंह र उनको श्रीमतीबीच दिनहुँजसो झैझगडा हुने गरेको थियो । सोहि कारण उनीहरुबीच सम्बन्ध बिच्छेदको प्रक्रियापनि अदालतमा चलिरहेको थियो । अदालतको आदेश नआईञ्जेल सँगै… पुरा पढौ

मादी नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् । सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन् । बालक व्यास–४ स्थित कन्काई बोडिङ स्कूल कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ । उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो… पुरा पढौ

पोखरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको हारोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । छिमेकीले घटनाबारे जानकारी… पुरा पढौ

पो.उ.वा.संघ चुनाव : आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने पोखरा सर्वेश्वर व्यवसायीको प्रतिबद्धता

पोखरा, भदौ २६ पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् । एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै… पुरा पढौ

पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए । “यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ”, उनले भने,“करिब तीन महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ ।” बन्दीपुर… पुरा पढौ