समाचार

गण्डकी प्रदेश सहित केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा… पुरा पढौ

गोरखामा अपाङ्गता भएकालाई घरमै परिचपत्र

गोरखाको सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए । “अपाङ्गता भएका कोही पनि व्यक्ति परिचत्रपत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य गाउँपालिकाको हो, पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको… पुरा पढौ

चालु आवमा सहरी विकास ऐन तर्जुमा हुन्छः उपप्रधानमन्त्री सिंह

दौ २५ काठमाण्डौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चालु आर्थिक वर्षभित्रै सहरी विकास ऐन तर्जुमा गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री सिंहले उक्त ऐन तर्जुमा गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनःसरचनासम्बन्धी काम अगाडि बढाइने बताएका हुन् । बैठकमा सांसद प्रेम सुवालले सबै स्थानीय तह वरिपरी खेती र वनजङ्गल क्षेत्र कायम गर्ने योजना सरकारले बनाएको छ कि छैन ? भनी प्रश्न गरेका थिए । उनले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कामको प्रभावकारिताको पनि… पुरा पढौ

सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापन

भदौ २५ पोखरा । लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार एक कार्यक्रमका विच पदस्थपान गराईएको छ । अधिवेशनबाट दुई वर्षे कार्यकालका केन्द्रको अध्यक्षमा चयन भएकी गंगा कुमारी खनाल चयन भएकी थिइन् । समितिको उपाध्यक्षमा कृष्ण सुवेदी,सचिवमा बिनोद बहादुर थापा,सह सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्ण प्रसाद ओझालाई चयन गरेको हो । यसैगरि समितिको सदस्यहरुमा नवराज पौडेल,सुमित्रा वञ्जरा,सन्तोष सुर्खेली,रामकृष्ण खनाल,गोविन्द वाग्ले,अर्जुन मल्ल र सुवास कडेल सर्वसम्मत चयन भएका… पुरा पढौ

गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा थापा

पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश… पुरा पढौ

हाप्किडो सेमीनार पोखरामा शुरु

पोखरा । हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने सेमीनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तैे देखिएको बताएका छन् । उनले भने–“दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ । केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न । केही… पुरा पढौ

नेपाल हवाई खेलकुद संस्था ‘ना’ले भन्यो : प्याराग्लाईडिङमा सोलो उडान खुल्ला गर

पोखरा, भदौ २५ नेपाल हवाई खेलकुद संस्था ‘ना’ले प्याराग्लाईडिङमा सोलो उडान खुल्ला गर्न माग गरेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै केहि वर्षदेखि बन्द गरिएको प्याराग्लाईडिङमा सोलो उडान खुल्ला गर्न ‘ना’ले माग गरेको हो । ‘ना’को मंगलबार पोखरामा भएको २१ औं साधारण सभा तथा १० औं अधिवेशनको उद्घाटन शत्रमा बोल्दै ‘ना’का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको पर्यटन उकास्ने हो भने सोलो उडान खोल्नुको विकल्प नरहेको बताए । सोलो उडान नहुँदा विदेशी पर्यटकको आगमन कम भएको उनको भनाई छ । विदेशी… पुरा पढौ

‘जिवी राई कहाँ छ ? रवि लामिछानेलाई थाहा छ’

पोखरा, भदौ २५ सहकारी पीडितहरुले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरुले लामिछानेबिरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरु बैठक स्थल पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरु भेला भएपछि त्यसलाई निस्तेज गर्न ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने… पुरा पढौ

रवि लामिछानेलाई पोखरामा सहकारी पीडितहरुले देखाए कालोझण्डा

पोखरा, भदौ २५ सहकारी पीडितहरुले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरुले लामिछानेबिरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरु बैठक स्थल पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरु भेला भएपछि त्यसलाई निस्तेज गर्न ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने… पुरा पढौ

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए । डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ । डेङ्गु भएमा आराम… पुरा पढौ