समाचार

एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी

भदौ १५ काठमाण्डौं । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको पहिलो वर्ष विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । “कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गरेको एक वर्षमा एमसिए नेपालले महत्वपूर्ण… पुरा पढौ

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

भदौ १५ पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् । द्वितीय हुने म्याग्दीको प्रगति… पुरा पढौ

पोखरा भित्रिने नाकादेखि नै पर्यटकलाई जबरजस्ती स्कर्टिङ, रोक्न व्यवसायीको माग

पोखरा, भदौ १५ पोखरा पृथ्वीचोक क्षेत्रका होटल व्यवसायीहरुले पोखरामा पर्यटकलाई जबरजस्ती स्कर्टिङ गर्ने कार्य निरन्तर भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार आयोजित १२ औं साधारण सभामा बोल्दै पोखरा सिटी क्षेत्रका होटल व्यवसायीहरुले पर्यटक चढेको गाडीलाई पोखरा छिर्ने नाकाबाटै स्कर्टिङ गरेर आफ्नो होटलमा लैजाने प्रवृत्ति अझै नघटेको बताएका हुन् । पोखरा लेकसाईडका ठूला होटलहरुले पर्यटकलाई पोखरा भित्रिने नाकाहरु छोरेपाटन, कालीमाटी, गगनगौंडा, बिजयपुरबाटै स्कर्टिङ गरेर होटलमा लैजाने गरेको उनीहरुको आरोप छ । यसअघिपनि पोखराका ठूला होटलहरुले… पुरा पढौ

पोखरा १ को तिज गित प्रतियोगितामा नमुना आमा समुह प्रथम

भदौ १५ पोखरा । पोखरा महानगर पालिका वडा नं.१ ले आयोजना गरेको अन्तर आमा समुह तीज गीत प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ । हरितालिका तीज पर्वको अवसरमा संस्कृत मा. वि.को सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएको प्रतियोगितामा नमुना आमा समुह प्रथम भएको हो । । प्रतियोगितामा अभियान महिला समूह द्वितीय, अधिकारी टोल दिदी बहिनी समुह तृतीय र रत्न आमा समुहले सान्त्वना स्थान हासिल गरेका थिए । सिद्धार्थ आमा समुह नृत्य र महिला मैत्री आमा समुह भेषभुषातर्फ… पुरा पढौ

निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै सरकार… पुरा पढौ

पारालिम्पिकः पलेशालाई ऐतिहासिक कास्यपदक

भदौ १५ काठमाण्डौं । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका… पुरा पढौ

डायमण्ड मेला जारी, आज शनिबार पनि खुल्ने, गहना किन्नेहरुको आकर्षण

पोखरा । पोखरा मोहरिया टोलमा अवश्थित क्रिस कञ्चनमा डायमण्ड मेला जारी रहेको छ । भदौ १२ गते बुधबारदेखि शुरु भएको मेला १९ गते बुधबारसम्म चल्नेछ । आज शनिबार पनि मेला जारीरहने बताइएको छ ।मेलामा डायमण्डको गहना किन्नेहरुको आकर्षण रहेको कञ्चन क्यापिटल प्रालिका अध्यक्ष बिमलमान गुभाजुले बताए । सोरुममा हिराबाट बनेका विभिन्न गहनाहरु उपलब्ध छन् । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका थियौं,’ उनले भने, ‘यो पटक पोखरामै अर्को सोरुमको शुभारम्भ गरेका हौं ।’ यसले हिराका गहनाका लागि… पुरा पढौ

माउन्ट अन्नपूर्ण मा.वि.मा ३ क्लब गठन

पोखरा । पोखराको माउन्ट अन्नपूर्ण मा.वि.नदिपुरमा ३ वटा क्लव गठन गरिएको छ । शुक्रबार विद्यालयले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटेरेक्चर क्लब स्थापना गरेको हो ।जस अन्र्तगत गेम एण्ड स्पोर्टस क्लबको अध्यक्ष श्रृष्टी थापा र सचिवमा बाल कुमार पुर्जा चयन भएका छन् । क्लवमा २१ जना सदस्य छन् । डेबिड दुतराज अध्यक्ष र एलिन थापा सचिव रहेको म्युजिक आर्ट एण्ड लिटेरेक्चर क्लवमा १२ जना सदस्य रहने गरि… पुरा पढौ

राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइन्छ : मन्त्री भण्डारी

भदौ १४ काठमाण्डौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइने बताएका छन् । श्रम मन्त्रालय, संयुक्त राष्ट्र आप्रवासन सङ्गठन र जर्मनी सहयोग नियोगद्वारा आज आयोजित श्रम सम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री भण्डारीले उक्त नीतिको मस्यौदा तयार गरिएको र त्यसलाई विज्ञहरुको सुझाव लिएर परिमार्जन गरी संसद्मा लैजाने बताए । नेपाली श्रमिक वैदेशिक रोजगारमा जाँदादेखि फर्कने बेलासम्म सुरक्षित गर्नुपर्नेमा जोड दिँदै उनले आप्रवासनका क्षेत्रमा विद्यमान समस्या समाधान गर्न नीतिमा प्रस्ट व्यवस्था गरिएको बताए । मन्त्री भण्डारीले कामदारलाई भाषा र… पुरा पढौ

भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा माओवादीले रेकर्ड कायम गर्‍यो : अध्यक्ष प्रचण्ड

भदौ १३ कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गरे । यति ठूलो अभियान चलाएको देखेर विरोधी… पुरा पढौ