समाचार

तमु साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न

भदौ २२ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा भएको छ । शनिबार पोखरामा सम्पन्न साधरणसभाको संस्थाका सल्लाहकार हर्कबहादुर तमुले उद्घाटन गरे । संस्थाका पूर्व प्रथम उपाध्यक्ष समेत रहेका उनले संस्थाले ग्रामिण भेगका तमु समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रमलाई दिएको निरन्तरताको खुलेर प्रशंसा गरे । उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा तमु धीं नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्म तमु, संस्थापक एवं सल्लाहकार तेजबहादुर गुरुङ, तमुधिं नेपालका अध्यक्ष हुम तमु, अक्षयकोषदाता संस्था तमु… पुरा पढौ

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

भदौ २२ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताए । “यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा असल अभ्यास, विशेषज्ञता एवम् आपसी सूचना आदानप्रदान गर्न आवश्यक छ । साथै समाजलाई शान्त, सुरक्षित एवम् भयरहित… पुरा पढौ

कास्कीमा मनाइयो शाक्षरता दिवस

भदौ २२ पोखरा । कास्कीमा अन्तर्राष्ट्रिय शाक्षरता दिवस मनाइएको छ । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको आयोजना गरि सो दिवस मनाइएको हो । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ केन्द्र प्रथम ,पोखरा महानगर पालिका वडा न २५ स्थित बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र द्वितीय , पोखरामहानगर पालिका वडा न २९ को दिपशिखा सामुदायिक सिकाइ केन्द्र तृतीय र माछापुच्छ्रे गाउँपालिकाको मर्दिखोला सामुदायिक सिकाइ केन्द्रले सान्त्वना हासिल गरे । कास्कीका कुल सात वटा… पुरा पढौ

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

भदौ २२ काठमाण्डौं । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी पर्व मनाइएको हो । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले हरितालिका (तीजको व्रत) पारायण गरी… पुरा पढौ

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने होईन’ निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले भने ‘कार्यलय समयमा तपाईहरु भेट्न हिँड्दा, आफ्नो अधिकारको कुरा गर्दा जनतालाई सेवा कसले दिन्छ ? जनताको सेवा प्रभावित हुन भएन ।’ पछिल्लो समय प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्ने विषय लिएर दैनिक जसो कर्मचारीहरु, ट्रेड… पुरा पढौ

लामाचौर कप भलिबलको उपाधि नेपाल पुलिस क्लवलाई

पोखरा । लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि… पुरा पढौ

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

भदौ २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा आज २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गरेका हुन् । उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी,… पुरा पढौ

आज गणेश चतुर्थी मनाइँदै

भदौ २२ पोखरा । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । पुरा पढौ

मिस मगर नेपालको एयरलायन्स पार्टनरमा ‘यति एयरलाइन्स’, ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स

भदौ २१ पोखरा । सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको छ । एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने मिस मगर नेपालको अफिसियल एयरलाइन्समा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको हो । निट डेन्टल केयर प्रिजेन्ट्स सातौ संस्करणको मिस मगर नेपालको अफिसियल एयरलाइन्स पार्टनरको रुपमा यति एयरलाइन्सका प्रतिनिधि राम लामिछाने र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले… पुरा पढौ

सकियो २६ औं लामाचौर महोत्सव

भदौ २१ पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ… पुरा पढौ