समाचार

सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा भलिबल प्रतियोगिता

भदौ २३ पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । पोखरामा आउँदो भदौ २७ देखि ३१ गतेसम्म सुवासचन्द्र नेम्वाङ स्मृति प्रथम प्रदेशस्तरीय पुरूष खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो । संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष नेम्वाङको २०८० साल भदौ २७ गते निधन भएको थियो । उनकै प्रथम स्मृतिको दिन पारेर पोखरामा प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रबिन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिम भने अनेरास्ववियुकै… पुरा पढौ

नजिकिदो चाडपर्वलाई लक्षित गरेर पोखरा–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर आवागमन सहज बनाईने

पोखरा, भदौ २३ गण्डकी प्रदेश सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको छ । गण्डकी प्रदेशको लाईफलाईन मानिने पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत सडकको बिस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पहलमा आईतबार पोखरामा भएको सरोकारावालाहरुको छलफलका क्रममा गण्डकी सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको हो । छलफलमा निर्माण व्यवसायीहरुले स्थानिय तहपिच्छे रोयल्टी तिर्नुपर्ने, करको दर प्रत्येक स्थानिय तहपिच्छे फरक÷फरक हुँदा काममा समस्या आएको बताएका थिए । उनीहरुले तत्काल सरकारै… पुरा पढौ

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अङ्कले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको… पुरा पढौ

गण्डकी प्रदेशमा ११ लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिइए । सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रुपमा स्वास्थ्य बीमाको सेवा उपलब्ध गराएको छ । प्रदेशभित्र महिला स्वयंसेविकाका चार हजार २३ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइएको उनले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकाका लागि… पुरा पढौ

पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो

गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो । पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो । सन् २०२३ मा तीन सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो सङ्ख्या बढेर चार सय ७१ पुगेको उनले जानकारी दिए । अध्ययनका क्रममा तनहुँ क्षेत्रमा… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेनुहोस

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ । यसैगरि चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ… पुरा पढौ

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो । आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको… पुरा पढौ

देशभर मनसुनी वायुको प्रभाव यथावत

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि… पुरा पढौ

जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह लोकार्पण

भदौ २२ पोखरा । कवि चैतन्य अधिकारीले कविता सङ्ग्रह जुद्ध शमशेरका नाममा ल्याएकाछन् । जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे । कवि चैतन्य अधिकारीले एक दसक पछि आफ्नो कविताको दोस्रो कृति ल्याएका हुन् । यस भन्दा अघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित छ । कविता सङ्ग्रह लोकार्पणपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा चैतन्य सुनेको स्मरण गरे… पुरा पढौ

सतहत्तर वर्षमा पूरा भयो रहर

भदौ २२ पोखरा । सतहत्तर वर्षकी आमाले रचना गरेको ‘जिन्दगीका पानाहरु’ पुस्तकको शनिबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण भएको छ । पोखरा–३२ सातमुहाने देउराली निवासी बिमला अधिकारीले सिर्जना गरेको उक्त कृतिको विमोचन भएको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीले सो कृतिको विमोचन गर्दै पुस्तक आमाहरुको जीवनका भोगाइ र अनुभवहरुको संगालो भएको बताए । सो कृतिले पछिल्लो पिंढीलाई विगत बुझ्न सहयोग गर्ने उनको भनाइ थियो । कुलपति खड्काले तीज पर्वलाई सिर्जनासँग जोड्ने भएकाले यो कृति विशेष भएको भन्दै… पुरा पढौ