समाचार

बाटुलेचौर तीज मेलाको अवसरमा पोखरा-१६ द्वारा व्यक्ति र उत्कृष्ट विद्यालयलाई सम्मान

पोखरा २० भदौ पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्राडा धुर्व व. कार्की,डा श्रीराम आचार्य,डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा… पुरा पढौ

गण्डकी प्रदेश सभा बैठक भदौ २६ गतेका लागि बोलाइयो

पोखरा, भदौ २० गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्ने भएको छ । गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गतेका लागि बोलाइएको हो । गण्डकी प्रदेश सभा सचिवालयले भदौ २६ गतेका लागि बैठक बोलाइएको जनाएको छ । गत असार २६ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । त्यसपश्चात बैठक बस्न सकेको थिएन । तर अहिले गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सामेल भएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैठक बोलाउन सचिवालयलाई भनेका हुन्… पुरा पढौ

आज दर खाने दिन

आजदेखि तीज शुरु भएको छ । माइतीले आजको दिन चेलीबेटीलाई बोलाएर मीठामीठा परिकार दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ… पुरा पढौ

सिद्धि सेतुली प्रतिष्ठानद्वारा एक सय ७९ विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान

पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठानले पोखराका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, ज्ञानभुमि शान्तरत्न जेहेन्दार पुरस्कार तथा नगद छात्रवृत्ति वितरण गरेको छ ।प्रतिष्ठानले ‘बाल शिक्षा कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि १२ सम्मका एक सयस ७९ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक बिश्वरत्न शाक्यले जानकारी दिए । कक्षा ११ र १२ मा अध्ययनरत ४६ विद्यार्थीलाई ६/६ हजारका दरले नगद छात्रवृत्ति दिइएको छ । यस्तै, १० वटा बिद्यालयका १ सय १८ जनालाई ब्यागसहित शैक्षिक… पुरा पढौ

एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजना सचिवालय बैठकले टुङ्ग्याउने

भदौ १९ काठमाण्डौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिएका थिए । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाएका थिए । “पारदर्शी ढङ्गबाट एउटा… पुरा पढौ

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताएका छन् । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उनले भने । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई… पुरा पढौ

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी

भदौ १९ पोखरा । पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट… पुरा पढौ

युनाइटेडको अध्यक्षमा लोक ब. थापा

पोखरा । युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनबाट आगामी कार्यकालका लागी लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन । क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्वितिय उपाध्यक्षमा सुुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसको तीज गीत प्रतियोगितामा प्रतिक्षाको समुह प्रथम

भदौ १९ पोखरा । पोखराको कालिका बहुमुखी क्याम्पस, काजीपोखरीमा आयोजित तीज गीत प्रतियोगितामा प्रतिक्षा रानाभाटको समुह प्रथम भएको छ । बुधबार नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा विद्यार्थी कल्याणकारी समितिले आयोजना गरेको प्रतियोगितामा रानाभाटको समूहले प्रथम स्थान प्राप्त गरेको हो । स्नातक तह शिक्षा संकाय चौथो वर्षका विद्यार्थीहरु सहभागि रानाभाटको समुहले १७ वटा समुहलाई पछि पार्दै प्रथम हुँदा सोनिया चोखालको समुह द्वितिय, कृति पौडेलको समुह तृतिय र मिनाक्षीको समुहले सान्त्वना स्थान प्राप्त गरे । उनीहरुले क्रमश रु ३ हजार,… पुरा पढौ

२६ औं लामाचौर तीज महोत्सव सुरु

भदौ १९ पोखरा। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको… पुरा पढौ