समाचार

कास्की कांग्रेस प्रशिक्षण सहित क्रियाशील सदस्यता वितरणको तयारीमा

पोखरा । नेपाली कांग्रेस कास्की, क्रियाशील सदस्यता वितरणको तयारीमा जुटेको छ । पार्टीको यही भदौ २४ गते बीपी जयन्तीका अवसरमा प्रशिक्षणसहित क्रियाशील सदस्यता वितरण गर्ने देशव्यापी कार्यक्रम अन्र्तगत कास्कीमा पनि यसको तयारीलाई तिव्र पारिएको हो । पार्टीले कास्कीका ७२ वटै वडामा प्रशिक्षण सहित क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गर्ने गरी प्रमाणपत्र र खटाइएका प्रतिनीधिले आफ्नो तयारी शुरु गरिसकेको नेपाली कांग्रेस कास्की श्रोतले जनाएको छ । जसका अन्र्तगत कार्यक्रमको तयारीस्वरुप पोखरा–२९ मा छलफल प्रारम्भीक चरणको छलफल गरिएको छ । सो वडामा प्रतिनिधीको… पुरा पढौ

लामाचौर कप भलिबलको उपाधि एपिएफलाई

भदौ २१ पोखरा । लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युुथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

भदौ २१ पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । भट्टले शुक्रबार एक सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेका हुन् । भट्टले भनेका छन्, ‘परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान… पुरा पढौ

कुमुदिनीमा खुल्ला नृत्य प्रतियोगिता : आकृति र कस्मिन प्रथम

भदौ २० पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित कुमुदिनी होम्सले विद्यालयका विद्यार्थीहरुबीच तहगत रुपमा अतिरिक्त क्रियाकलाप अन्र्तगत नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले १ देखि ६ कक्षासम्म विद्यार्थीबीच नृत्य प्रतियोगिता बुधबार र बिहिबार ७ देखि १२ कक्षासम्मका बिद्यार्थीबीचको नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा निमावितर्फ कक्षा ७ ख की आकृति कुँवर प्रथम भएकी छन् । कक्षा ७ ग की सरगम क्षेत्री दोश्रो र कक्षा ७ सी की आकृति गुरुङ तेश्रो भएकी छन् । सिनियरतर्फ कक्षा ९… पुरा पढौ

लामाचौर कप भलिबल फाइनल : एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

भदौ २० पोखरा । लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन् । बिहिबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को… पुरा पढौ

दरखाने दिनमा मानवसेवा आश्रममा भोजनार्थ सहयोग

भदौ २० पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस २०८१ एवम् हरितालिका तीजको दरखाने दिनका अवसरमा आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनार्थ सहयोग गरेको छ । विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताए । महिलाहरूको महान पर्व हरितालिका… पुरा पढौ

प्रथम अन्तर क्लव ह्याण्डवलको उपाधी टिम मनकामनालाई

भदौ २० पोखरा । पोखराको बाटुलेचौरमा आयोजित प्रथम अन्तर क्लव ह्याण्डबल प्रतियोगिताको उपाधि टिम मनकामनाले उचालेको छ । ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल बस्नेतले जानकारी दिए ।त्यस्तै हाईजेष्ट स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ… पुरा पढौ

प्रगतिमा साँस्कृतिक कार्यक्रम

भदौ २० पोखरा । पोखरा महानगर पालिका वडा नं १६ बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलमा साँस्कृतिक कार्यक्रम भएको छ । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा सो विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य प्रस्तुत गरेका छन्। कार्यक्रममा विद्यार्थीले कौडा, झ्याउरे, सालैजो लगायतका नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न भाकाहरु पनि सुनाएका थिए । उनीहरूले वातावरण संरक्षण केन्द्रित नाटक मौन र नेपाली पाठ्यपुस्तकमा समावेश अमरपुत्र नामक नाटक मञ्चन गरेको शिक्षक विनोद भुजेलले जानकारी दिए… पुरा पढौ

वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ काम गर्दैछौं : शिक्षा मन्त्री भट्टराई

भदौ २० काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताएकी छन् । वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन सहित आवश्यक नयाँ ऐन र कानूनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको जानकारी दिइन् । मन्त्री भट्टराईले यो कुरा बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरकृयामा बताइन् । रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर… पुरा पढौ

पुतलीबजार प्रज्ञाप्रतिष्ठानमा नेतृत्व चयन , उप कुलपतिमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

पोखरा। पुतलीबजार प्रज्ञाप्रतिष्ठानको कुलपतिमा विश्वप्रेम अधिकारी र उपकुलपतिमा दुर्गाबहादुर शाह ‘बाबा’ नियुक्त भएका छन्।सदस्यहरूमा भवानी अधिकारी, मन्जु थापा, हिमलाल पुरी, रामबहादुर परियार, सम्झना थापा, राजेन्द्र श्रेष्ठ छन्। यसैगरी, सदस्य सचिवमा नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल छन्। कुलपतिसहित उपकुलपति र अन्य ८ सदस्यले मंगलबार शपथ ग्रहण गरिसकेका छन्। कुलपतिलाई नगरप्रमुख तुलसीराम रेग्मीले शपथ गराए। उपकुलपतिसहित अन्य सदस्यलाई कुलपति विश्वप्रेम अधिकारीले शपथ गराएका हुन्। पुतलीबजार नगरपालिकाको भाषा, साहित्य, संस्कृति, ललितकलाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ। यसअघि नगरप्रमुख… पुरा पढौ