समाचार

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट

पोखरा, भदौ १४ पोखरामा भईरहेको ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट मावि, कुमुदिनी… पुरा पढौ

वन पैदावर सामग्रीमा गण्डकी प्रदेश सरकारले लगाएको ३० प्रतिशत कर लागु नगर्न सर्वोच्चको आदेश

पोखरा, भदौ १४ गण्डकी प्रदेश सरकारले वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले वन ऐन बनाएर सामुदायिक वनमा रहेका वन पैदावर सामग्री बाहिर बिक्री गर्दा ३० प्रतिशत कर लगाउने प्रावधान बनाएपछि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत गएको थियो । गण्डकी प्रदेश सरकारलाई विपक्षी बनाएर महासंघले हालेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधिसहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र… पुरा पढौ

द्वन्द्व पीडितहरु भन्छन् : टिआरसी ऐनमा डेढलक नगरौं, कार्यान्वयनमा चनाखो बनौं

पोखरा, भदौ १४ गण्डकीका द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) ऐन कार्यान्वयनमा चनाखो बन्नुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय बेपत्ता पार्ने कार्यकिरुद्धको दिवस २०८१ के अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की, एड्भोकेसी फोरम नेपाल, अपाङ्गता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, नेफाड, कोपिला नेपाल, सिविन नेपाल, ईन्सेक गण्डकीलगायतले शुक्रबार पोखरामा आयोजना गरेको ‘संक्रमणकालीन न्याय सम्बन्धी ऐनको बारेमा छलफल कार्यक्रममा बोल्दै उनीहरुले टिआरसी ऐन स्वागत योग्य भएपनि यसको कार्यान्वयनमा चनाखो हुनुपर्नेमा… पुरा पढौ

मुना पाण्डेको हत्या अभियोगमा शाह पक्राउ

प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ । हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ… पुरा पढौ

विस्फोटक वस्तु विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु

पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको… पुरा पढौ

७ : ३४ मा भूकम्पको धक्का

भदौ १३ बाजुरा । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन । रासस पुरा पढौ

प्रतिभा माविद्वारा सिपीआरएस अध्यापन मोडलबारे अभिभावकलाई अभिमुखीकरण

पोखरा, भदौ १३ पोखरा नदीपुरमा रहेको प्रतिभा माविले अभिभावकका लागि सिपीआरएस मोडलबारे अभिमुखीकरण आयोजना गरेको छ । प्रतिभा माविले सिपीआरएस मोडल लागु भएको कक्षा १ का विद्यार्थीका अभिभावकलाई लक्षित गरेर विहीबार अभिमुखीकरण आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा सिपीआरएस मोडल लागु गर्ने लावण्य ईन्टरनेसनलका फाउण्डर मनोजकुमार पण्डितले सहजीकरण गरेका थिए । उनले सबै विद्यार्थीको क्षमता एउटै नहुने र उनीहरुको सिक्ने तरिकापनि छुट्टाछुट्टै हुने बताए । ‘त्यसैले विद्यार्थीको अवस्था हेरेर सिकाउने र पढाउने गर्नुपर्छ । त्यसमा शिक्षकसँगै अभिभावककोपनि दायित्व उत्तिकै हुन्छ’(उनले… पुरा पढौ

पोखराको राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

भदौ १३ पोखरा । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ । महाआरतीको शुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान… पुरा पढौ

अपडेट्स बाँके बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो

भदौ १३ नेपालगञ्ज । बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका दाङ जिल्लाको घोराहीका ३० वर्षीय विमल राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि दुर्घटनामा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा… पुरा पढौ

छानबिन समितिले दिएका प्रतिवेदनबारे समीक्षा गर्नुपर्छ : मन्त्री पाण्डे

भदौ १३ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् । वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने उल्लेख गरे । “छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कतिको सत्यतथ्यमा आधारित… पुरा पढौ