काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग टोलीको नाम आज सार्वजनिक भएको छ । इन्फिनिटी ड्रिम्सद्वारा यहाँ आयोजित कार्यक्रममा प्रतियोगितामा विभिन्न छ फ्रेन्चाइज टोलीको सहभागिता हुने जानकारी दिइयो । जसमा काठमाडौँ, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेसबाट टिम राखिएको छ । इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग गरेवापत कम्पनीले भलिबल सङ्घलाई वार्षिक रु २५ लाख दिनेछ । उक्त…
पुरा पढौ