समाचार

चिल्ड्रेन नेपालको तिज गीत प्रतियोगितामा सिर्जना सामुदायिक मा.वि. प्रथम

भदौ १५ पोखरा । चिल्ड्रेन नेपालले आयोजना गरेको तिज गीत प्रतियोगितामा सिर्जना सामुदायिक माध्यमिक विद्यालय नागडाँडा प्रथम भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तिजको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा तिज गित प्रतियोगितामा सहभागि विभिन्न विद्यालयका १० समूहलाई पछि पार्दै सिर्जना सामुदायिक माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको हो । यस्तै प्रतियोगितामा द्वितिय कन्या मा. वि नदिपुर , तृतिय धर्मस्थली आधारभुत विद्याालय मालेपाटन र कालिका मा.वि रामबजारको समूहले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको संस्थाका सह संयोजक रमेश… पुरा पढौ

टान गण्डकीको अध्यक्षमा कृष्ण आचार्य

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन्। टान गण्डकीको शनिबार सम्पन्न अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष आचार्यलाईअध्यक्षमा चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सड्रौला, सह-सचिवमा भुपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दिपकप्रसाद सापकोटा निर्विरोध चयन भएका छन्। कार्यसमिती सदस्यहरुमा प्रकाश पौडेल, माधबप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भुपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना चयन भएका छन् । समितिको निवर्तमान अध्यक्षमा धर्मराज पन्थी छन् । पुरा पढौ

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई

पोखरा, भदौ १५ पोखरामा भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ शनिबार भएको फाइनल प्रतिष्पर्धामा ९ स्कुल व्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो । उपाधि बिजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार पोखरा सभागृहको भरिभराउ दर्शकबीच भएको निक्कै प्रतिष्पर्धात्मक फाइनल प्रतिष्पर्धामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त ग¥यो… पुरा पढौ

चर्चामा रहेका प्रकाश तुम्लीङटार हुँदै भोजपुर पुगे

भदौ १५ भोजपुर । ‘हेर्ने कथा’ नामक च्यानलमा प्रकाशको कथा आएपछि अहिले चर्चामा रहेका प्रकाश तामाङ शनिबार काठमाडौंबाट तुम्लीङटार विमानस्थल भएर भोजपुर पुगेका छन् । झापाबाट काठमाडाँैं हुँदै हराएका प्रकाश गोरखाको हिमाली क्षेत्रमा ३५ वर्ष बसेका थिए । तर परिवार पत्ता लागेपछि प्रकाश भोजपुर फर्किएका छन् । उनलाई शुक्रबार मात्र चुमनब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ बिदा गरेकी थिइन् । पुरा पढौ

तिजको अवसरमा शिक्षक सङ्गठनको भेटघाट तथा प्रशिक्षण कार्यक्रम

भदौ १५ पोखरा । नेपाल राष्ट्रिय शिक्षक शिक्षक सङ्गठन जिल्ला समिति अन्तर्गत महिला विभागले शुक्रबार एक समारोहका विच महिला शिक्षकहरुका लागि एक दिने प्रशिक्षण, अन्तर्कया तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य सांसद दामोदर पौडेल वैरागी, सङ्गठनका अग्रज नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, शिक्षक हित साकोसका सदस्यहरु एवम् विभिन्न विद्यालयबाट महिला शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सांसद बैरागीले संघिय शिक्षा ऐन निर्माणका लागि संसदमा दर्ता भएको विधेयकमाथि अहिले घनिभूत… पुरा पढौ

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः पूर्वप्रधानमन्त्री प्रचण्ड

भदौ १५ सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् । आज सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, “१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।” उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण… पुरा पढौ

कास्य पदक विजेता पलेशालाई राष्ट्रपति पौडेलद्वारा बधाई

भदौ १५ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन् । उनले भनेका छन्, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ” पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन् । पारालिम्पिकमा पदक… पुरा पढौ

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

भदौ १५ दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय… पुरा पढौ

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : उपप्रधानमन्त्री पौडेल

भदौ १५ बुटवल । उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने,“अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।” उनले पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको छ… पुरा पढौ

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

भदौ १५ काठमाण्डौं । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौं वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४औँ बैठकले आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ । बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो । बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध… पुरा पढौ