समाचार

पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको छः अध्यक्ष प्रचण्ड

साउन २८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । पार्टीभित्र पुस्तान्तरणको विषयमा बहस सुरु भएको सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासमा उनले भने, “केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।” पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा आज पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक… पुरा पढौ

सिमलताल घटनाका पीडित परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न प्रशासनको अनुरोध

साउन २८ पर्सा । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको छ । विसं २०८१ असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण… पुरा पढौ

कांग्रेस केन्द्रीय समितिको अर्काे बैठक भदौ ७ गते

साउन २८ काठमाण्डौँ । यही साउन २३ गतेदेखि प्रारम्भ भएकोे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । मङ्गलबारदेखि सङ्घीय संसद्का बैठक नियमित भएका र आगामी साता विभिन्न चाडपर्व भएकाले कांग्रेसले अर्काे बैठक आगामी भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी कार्यालयले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप… पुरा पढौ

लमजुङमा रुखले किचेर एकको मृत्यु

साउन २८ लमजुङ । लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनको भनाई छ । पानी परिरहेकाले जमिन… पुरा पढौ

पोखराको प्रचार गर्दै ‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा

साउन २८ पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो ।कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ । उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु केटुकेको… पुरा पढौ

यूवा दिवसको अवसरमा ६ युवालाई एमाले कास्कीको सम्मान

साउन २८ पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान अवार्ड दिएर सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् । सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी… पुरा पढौ

पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन : विहान ८ः३० अगाडि स्कुल बस सञ्चालनमा रोक, गति कम गर्न सुझाव

पोखरा, साउन २८ पोखरामा केहि दिन अघि भएको स्कुल बस दुर्घटना ब्रेक फेल भएका कारण भएको निश्कर्ष निकालिएको छ । पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग.१क.६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो । यहि साउन १४ गते पोखरा–२१ रामदीबाट विरौटातर्फ आउने क्रममा विहान ८ः५० बजे डुङ्खु मोडमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा एकै परिवारका आमा छोरासहित दुई जनाको मृत्यू भएको थियो… पुरा पढौ

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन

पोखराः पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार… पुरा पढौ

‘सेल्टरदाता’ मानकुमारी जिसीको ९१ वर्षमा निधन

पोखरा । भूमिगत कालको कम्युनिष्ट आन्दोलनका बेला सेल्टरदाताको रुपमा परिचित तथा पोखरा महानगरपालिकाका संस्थापक मेयर मानबहादुर जिसीकी आमा मानकुमारी जिसीको निधन भएको छ । ९१ वर्र्षीय जिसीको पोखरा महानगरपालिका वडा नम्बर २८ देउमाणीस्थित आफ्नै घरमा आइतबार साँझ निधन भएको हो । उनको सोमबार पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । भूमिगत कालमा कम्युनिष्ट आन्दोलनमा होमिएका नेताहरुको संरक्षणमा सक्रिय भएर सेल्टरदाताको परिचय बनाएकी मानकुमारीको निधनप्रति नेकपा एमाले कास्कीले दुःख व्यक्त गरेको छ । उनलाई आज नेकपा एमालेको झण्डा ओढाएर… पुरा पढौ

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

गण्डकी । पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् । यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात… पुरा पढौ