समाचार

म्याग्दीमा भिरबाट बोलेरो खस्यो, एकजना सख्त घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको थियो । बोलेरोसँगै खस्नुभएका पुनको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशव पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडि गुडेपछि दुर्घटना भएको… पुरा पढौ

गण्डकीमा १३ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण पुष्टि

गण्डकी । यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुप¥यो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गी सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो । यस वर्षपनि गत असारयता डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । ७३ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछुतो छैनन्… पुरा पढौ

कालीगण्डकी करिडोरःदब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध

ढोरपाटन । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिऐ । पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए । करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएका उनले बताए । करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका,… पुरा पढौ

तनहुँमा ५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार

दमौली । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ । उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०÷८१ का लागि कार्यालयलाई रु पुँजीगततर्फ रु… पुरा पढौ

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

गुल्मी । रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए । वर्षमा दुईपटक म्याकिनन्स… पुरा पढौ

तनहुँको आबुुखैरेनीमा पक्की पुल निर्माण

तनहुँ । जिल्लाको आबुुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ । जिल्ला पूूर्वाधार विकास कार्यालयका अनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा उक्त कार्यालयका पदाधिकारीले मङ्गलबार सम्मान गरे । पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनस्थित भीमज्योति–छिम्केश्वरी… पुरा पढौ

पर्वतका विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान

पर्वत । बेलायतमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत समाजले जिल्लाका एक सय ५९ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । जलजला गाउँपालिकाको फर्से धाइरिङ माध्यमिक विद्यालय, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना तथा दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका एक सय १५ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । विद्यालयले छनोट गरेका विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको समाजका पूर्वअध्यक्ष दधि आचार्यले बताए। मङ्गलबार आयोजित एक कार्यक्रममा ती सामग्री… पुरा पढौ

पहिराले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

दमौली । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो । बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरा गएका भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिराले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए । “एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ”, उनले भने, “पहिराको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ ।” स्थानीयवासीले… पुरा पढौ

खिलाङ आमा समुहको अध्यक्षमा डिलमाया गुरुङ निर्वाचित

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ गाउँस्थित खिलाङ आमा समुहको अध्यक्षमा डिलमाया गुरुङ निर्वाचित भएका छन् । हालै सम्पन्न समुहको चौठो साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो । उपाध्यक्षमा कल्पना गुरुङ,सचिवमा सिता गुरुङ,सहसचिवमा मन कुमारी गुरुङ,कोषाध्यक्षमा डिल कुमारी गुरुङ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा छत्रशोभा गुरुङ,गौशोभा गुरुङ,टिकाशोभा गुरुङ,हैशोभा गुरुङ,आसमाया गुरुङ,हेमा गुरुङ लगाएत चयन भएका छन् । त्यसैगरि समुहको विषेश सल्लाहकारमा निवर्तमान अध्यक्ष सुकुदेवी गुरुङ र गंगादेवी गुरुङलाई चयन गरिएको छ… पुरा पढौ

खिलाङ आमा समुहको अध्यक्षमा डिलमाया गुरुङ निर्वाचित

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ गाउँस्थित खिलाङ आमा समुहको अध्यक्षमा डिलमाया गुरुङ निर्वाचित भएका छन् । हालै सम्पन्न समुहको चौठो साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो । उपाध्यक्षमा कल्पना गुरुङ,सचिवमा सिता गुरुङ,सहसचिवमा मन कुमारी गुरुङ,कोषाध्यक्षमा डिल कुमारी गुरुङ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा छत्रसुवा गुरुङ,गौसुवा गुरुङ,टिकासुवा गुरुङ,हैसुवा गुरुङ,हैसुवा गुरुङ,आसमाया गुरुङ,हेमा गुरुङ लगाएत चयन भएका छन् । त्यसैगरि समुहको विषेश सल्लाहकारमा निवर्तमान अध्यक्ष सुकुदेवी गुरुङ र गंगादेवी गुरुङलाई चयन गरिएको… पुरा पढौ