समाचार

नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९… पुरा पढौ

पोखरा विश्वविद्यालयमा एक हजार दुई सय ९९ कोटाका लागि छात्रवृत्ति आव्हान

गण्डकी । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको दरखास्त आह्वान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिन सक्नेगरी विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न सङ्कायमा छात्रवृत्ति आव्हान गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल ९रुरल०, बिई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बिई सफ्टवेयर, बिई आइटी र बिई सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी… पुरा पढौ

दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने

दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । सर्पले टोकेका बिरामीको उपचारका लागि जिल्लाभर नै उपचार केन्द्र नरहेकाले सदरमुकामको अस्पतालमा उपचार केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । त्यसका लागि अस्पतालमा आवश्यक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्नेछ । उनले भने, “सर्पले टोकेका बिरामीको उपचारका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता छ, दमौलीमा उपचार केन्द्र सञ्चालन गर्न सकिए सर्पदंशपीडितलाई… पुरा पढौ

मनाङमा हस्तान्तरण भएको तीन वर्षपछि सञ्चालनमा आयो कारागार भवन

मनाङ । जिल्ला कारागार कार्यालयको नयाँ भवन बनेको तीन वर्ष पूरा भएको छ । द क्याराभान जेभीले विसं २०७८ जेठमा जिल्ला प्रशासन कार्यालयलाई कारागारको स्वामित्व हस्तान्तरण गरे पनि प्रयोगमा भने आउन सकेको थिएन । कारागार हस्तान्तरण भएको तीन वर्षपछि यही साउन ७ गतेदेखि मात्रै सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार लामो समय हुँदासम्म कैदीबन्दीलाई साँघुरो ठाउँमा राखिएकामा मङ्गलबारदेखि मात्रै नयाँ भवनमा सारिएको छ । उनले भने, “विसं २०७८ जेठमा प्रशासनलाई कारागारको स्वामित्व हस्तान्तरण भएको… पुरा पढौ

म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालोपत्र

म्याग्दी । पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति गरेका हुन् । सङ्घीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किमी दुई सय २०० मिटर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले आठ किमी, पूर्वाधार विकास कार्यालयले १२ किमी र स्थानीय तहहरुले नौ किमी दुई सय ४५ मिटर पक्की सडक निर्माण गरेको जनाएका छन् । आव २०७९/८० मा १० किमी र आव २०७८/७९… पुरा पढौ

बाँझो जग्गामा फलफूल रोप्दै विदेशी

गलकोट । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ । यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरु लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन् । विश्व चुनौती कार्यक्रम(वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती… पुरा पढौ

धानबालीमा फेद कुहिने समस्या भएपछि किसान चिन्तित

बलेवा । धान रोपेको एक महिना भएको छैन । समयमै वर्षा भएकाले यस वर्ष यहाँका किसानले समयमै धान रोप्न पाए । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखापरेपछि किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको हो । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेको किसान लालप्रसाद शर्माले बताए । “धान गोड्ने समय हुँदै थियो,… पुरा पढौ

गायिका तुलसी क्षेत्रीको नयाँ गीत ‘जुल्फी लर्काई’ सार्वजनिक

१० साउन, पोखरा । नेपाली सांगीतिक क्षेत्रमा स्थापित र चर्चित गायिका तुलसी क्षेत्रीले नयाँ तीज गीत बजारमा ल्याएकी छन् । उनले आफ्नो युट्युब च्यानलबाट नयाँ गीत ‘जुल्फी लर्काई’ सार्वजनिक गरेकी हुन् ।शिव हमालको शब्द तथा संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ । मिक्सिङ प्रिज्म रेकर्डिङ र रेकर्डिस्ट तारानाथ आचार्य हुन्।म्युजिक भिडियोमा चर्चित मोडल उषा उप्रेती लगायत कलाकारहरुको अभिनय रहेको छ । स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशक तथा कोरियोग्राफरको रुपमा काम गरेकी छिन् । रेग्मीले खिचेको भिडियोलाई नवीन घर्तीमगरले… पुरा पढौ

Singer Tulasi Chhetri’s new song ‘Julafi Larkai’ released

25 July, Pokhara (Nepal). Tulasi Chhetri, an established and famous singer in the Nepali music industry, has brought a new Teej song to the market. She has released a new song 'Julafi Larkai' from her YouTube channel.The song has lyrics and music by Shiv Hamal and arranged by Shyamshwet Rasaili. Mixing Prism recording and recordist is Taranath Acharya.Famous model Usha Upreti and other actors are acting in the music video. Smriti Timilsina “Guruaama” has been working as a Directorand choreographer.… पुरा पढौ

पोखरा–३३ शिववस्तीमा महायज्ञ हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ । महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले जानकारी दिए । कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन… पुरा पढौ