समाचार

रेवान पोखरामा विश्वराज पौडेल

साउन ११ पोखरा । रेष्टरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संस्थाको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्वितिय उपाध्यक्षमा विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन भएका छन् । समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने,… पुरा पढौ

कास्की मोडनाइज्डमा स्वागत तथा अभिमुखीकरण

साउन ११ पोखरा । कास्की मोडनाइज्ड एकेडेमीमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुको स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा व्यवस्थापन, विज्ञान र होटेल म्यानेज्मेन्ट संकायका विद्यार्थीहरुको स्वागतमा विद्यालय र कक्षा–१२ को संयूक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो । पोखरा–१४ स्थित विद्यालयमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले विद्यार्थी पढाई मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सबल बन्नुपर्नेमा बताए । उनले सोही अनुसार विद्यालयमा कक्षाहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिए । उनले भने ‘अहिलेको अवस्थामा हामी… पुरा पढौ

मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छ : प्रधानमन्त्री ओली

साउन ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको सपथ समारोहमा उनले उक्त भनाइ राखे । “आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ”, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुलाई बधाई र शुभकामना दिँदै उनले भने,… पुरा पढौ

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलजेका निर्देशक प्रा.डा. मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताए। “ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उनले भने, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।” यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा… पुरा पढौ

मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ । चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिउपजको धितोमासमेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने जानकारी दिए । चालु आवको बजेटमा सो व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने र वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो… पुरा पढौ

पोखरा १३: सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध… पुरा पढौ

जन्मदिनको अवसरमा नागरीक परोपकारलाई सहयोग

लेखनाथ । लायन्स इन्टरनेशनल डिट्रिक ३२५ एल अन्तरगतको लायन्स क्लब अफ बेगनास तालनगरीका पूर्व अध्यक्ष एवम् डिष्ट्रिक एडिसनल क्याबीनेट सेके्रटरी प्रभा भुजेलकी आमा देवी भुजेलको जन्म दिनका अवसरमा नागरीक परोपकार समन्वय संस्थालाई सहयोग गरिएको छ । भुजेल परिवारले जन्मोत्सवमा गरिने फजुल खर्चको अनुसरण नगरी कास्कीको लेखनाथमा रहेको नागरीक परोपकार समन्वय संस्थालाई कपडा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले लायन्स क्लब र नागरीक परोपकार संस्थाको एउटै बिचार सामाजिक कार्य भएको बताए । लायन्सले गरेका… पुरा पढौ

समाबेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथी प्रदेशस्तरिय छलफल

पोखरा । अपाङ्गता भएका बालबालिकाका लागि समाबेशी शिक्षा संचालन तथा ब्यबस्थापन मापदण्ड २०८१को प्रारम्भिक मसौदा माथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेको थिए। पौडेलले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न समतामूलक तथा न्यायपूर्ण अबसर सृजना गर्न मापदण्ड महत्त्वपूर्ण हुने बताए । उनले नेपालको बिद्यमान शिक्षा सम्बन्धि संबैधानिक ब्यबस्था ऎन ,निति तथा योजना कार्यान्वयन गर्न र… पुरा पढौ

गण्डकी आउने पर्यटकको प्रमुख गन्तव्य मनाङ, औसत बसाई अवधी १२ दिन, दैनिक खर्च ८ हजार

पोखरा, साउन ११ गण्डकी प्रदेशमा पर्यटकको औषत बसाई अवधी १२ दिन रहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययन प्रतिवेदन अनुुसार गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधी कुल २२ दिन भएपनि गण्डकीमा भने १२ दिन हुनेगरेको पाइएको हो । घुम्न आउने पर्यटकमध्ये पुरुषको भन्दा महिलाको बसाई अवधी बढी हुनेगरेकोपनि देखिएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये पुरुषको बसाई अवधी २० दिन हुँदा महिलाको २५ दिन पाइएको छ भने गण्डकीमा पुरुषको बसाई… पुरा पढौ

लमजुङमा आज हलोक्रान्ति दिवस मनाइँदै

सुन्दरबजार । आज साउन ११ गते हलोक्रान्ति प्रारम्भ भएको दिन । आजभन्दा ७५ वर्ष अगाडि २००६ साल साउन ११ गते सुन्दरबजार नगरपालिका–४ साबिकको दुराडाँडा गाविस–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हणहरूले सामूहिक रूपमा हलो जोतेको दिन । हलोक्रान्तिका जानकारहरूले हलोक्रान्तिका रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिए पनि हलोक्रान्तिलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन र पहिलोपटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा नभएकामा उनीहरूले दुःख व्यक्त गरेका छन् । हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ… पुरा पढौ