समाचार

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए । बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै आएको छ । नेपालको… पुरा पढौ

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई… पुरा पढौ

मुनश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस, भान्सीलाई दोहोरो स्वर्ण, प्रतियोगिता जारी

पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक जितेकी हुन् ।प्रतियोगिता अन्तर्गत यू८ र यू९ गर्ल्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले काश्य पदकका साथ गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै ब्वाइज यू८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत तथा अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले… पुरा पढौ

यसरी फेरिदैछ कास्कीको रुपा तालको रुप

अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ । विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए ।… पुरा पढौ

दक्षिणकाली फाइट नाइटमा पोखरा साक यान्तको उत्कृष्ट प्रदर्शनी

पोखरामा व्यवसायिक मुवाथाईको सुरुवात गर्दै आइरहेको साक यान्त मुआथाईले काठमाडौंमा उत्कृष्ट प्रदर्शनी गरेको छ । काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मुयथाई प्रतियोगिता ‘दक्षिणकाली फाइट नाइट’ मा साक यान्त मुआथाईका एलेन थकालीले नकआउट गर्दा अर्मंङले डेब्यु खेलमै जित हासिल गरेका छन् । एलेन थकालीले आफ्नो प्रतिस्पर्धी भुपेन्द्र विकलाई पहिलो राउन्डको पहिलो मिनेटमै नकआउट गरे । सुरुदेखि नै आक्रामक देखिएका थकालीले प्रतिद्वन्द्वीलाई सम्हालिन नदिई छिट्टै खेल आफ्नो पक्षमा पारे ।त्यसैगरी, अर्मुङ थापाले भने पहिलो पटक प्रा–फाइनमा स्पर्धा गरेका थिए । उनले आफ्नो डेब्यु खेलमै… पुरा पढौ

सिद्ध माविमा अक्षयकोष स्थापना

युनाइटेड क्लब, पोखराले वडा नं १५ मा रहेको सिद्द माविमा अक्षयकोष स्थापना गरेको छ । वडा भित्रका गरिब, बिपन्न परिवारका बालबालिका पढ्न तथा विद्यालयको समग्र शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्धेश्यले ५५ हजार ५सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष लोक वहादुर थापाले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालालाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा अग्रणी संस्था युनाइटेड क्लबले गरेको सहयोग अतुलनिय रहेको बताए… पुरा पढौ

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण

पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो । शनिवार आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख सुदिप खतिवडा, सहकारी अध्यक्ष पोषराज पौडेल तथा कृषि उपसमिति संयोजक माधव प्रसाद पौडेलले कृषकहरुलाई मौरी घार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख खतिवडाले घार्मी गाउँ मौरी पालनका लागि उपयुक्त क्षेत्र रहेको बताउँदै, सहकारी संस्थाको पहलमा… पुरा पढौ

क्व्होलासोथारको एक हजार २०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै

तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमुु समुदायले सक्रियता बढाएका छन् । ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो देखाएका हुन् । ऐतिहासिकताको उजागर गर्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रयासहरू भइरहेको अवस्थामा तमुु प्येल्हु सङ्घ युकेको टोलीले आइतबारदेखि पोखराबाट लमजुङको भुजुङ हुँदै त्यसतर्फको यात्रा तय गरेको सङ्घका अध्यक्ष डेमबहादुर गुरुङले जानकारी दिए। तमु जातिको पहिचान एवम् अस्तित्वसँग जोडिएको क्व्होलासोथारको… पुरा पढौ

एनसेल छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत

पोखरामा माघ दोस्रो साता भएको एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २२ लाख ६५ हजार बचत भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालित सो प्रतियोगितामा १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ आम्दानी भएकोमा सम्पुर्ण खर्च कटाएर २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगितामा १ करोड ३७… पुरा पढौ

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् । काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य… पुरा पढौ