समाचार

एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन:अनुष्कालाई २ स्वर्ण

पोखरा, ३१ जेठ । पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न

पोखरा । पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताए । छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा बागमती… पुरा पढौ

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : बुद्धिचाल जारी

जेठ ३१ पोखरा । पोखरामा जारी यू – १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्र्तगत बुद्धिचालका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरामा जारी बुद्धिचाल प्रतियोगिताको छात्रा तर्फको पहिलो चरणको खेलमा बाग्मती विजयी भएको छ । बाग्मतीले कोशीलाई ३ अंकले जितेको हो । छात्रा तर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो । त्यस्तै गण्डकी प्रदेश र सुदुरपश्चिम बिच भएको खेलमा सुदुरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो । पहिलो… पुरा पढौ

बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा सचेतना

जेठ ३० पोखरा । विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा बुधबार पोखरामा श्रमिक शिक्षा विषयक सचेतना कार्यक्रम आयोजना गरिएको छ । अंग्रेजी पात्रो अनुसार जुन १२ लाई बालश्रविरुद्धको दिवसको रुपमा मनाइन्छ । ‘बालश्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता’ भन्ने नाराका साथ पोखरा उद्योग वाणिज्य संघ, श्रम तथा रोजगार कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय बालअधिकार परिषद, बालअधिकारका लागि नागरिक समाजसँगको समन्वय र किडासाको सहयोगमा सो कार्यक्रम आयोजना भएको हो । सचेतना कार्यक्रम बढी मात्रामा श्रमिक बालबालिका प्रयोग हुने व्यवसायका रोजगारदाता, श्रमिक बालबालिका तथा सरोकारवाला निकाय… पुरा पढौ

मानव सेवा आश्रममा पोखरा राईजिङ स्टारको वार्षिकोत्सव

जेठ ३० पोखरा । लायन्स क्लव अफ पोखरा राईजिङ स्टारले स्थापना दिवस मानव सेवा आश्रममा मनाएको छ । क्लवले आफ्नो स्थापना दिवस पोखरा–२५ स्थित हेम्जाको मानव सेवामा आश्रितहरुलाई खाना खुवाएर मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रिक्ट ३२५ एम नेपालका वर्ष २०२४२५ का क्याविनेट सेक्रेटरी शिवराज आचार्यले क्लवले विभिन्न सामाजिक गतिविधिमा जनाइरहेको सहभागिताको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लवले गरेका राम्रा कामको सिको सबैले गर्न आवश्यक रहेको बताए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष विष्णुप्रसाद सुवेदी, पूर्व… पुरा पढौ

पोखरा १५ मा भोलिदेखि हुने फुटसलको तयारी पूरा

जेठ ३० पोखरा । दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सह–संयोजक शैलेस गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल (बिहान ९ बजे) मा रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्नेछन् । उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गर्रे सह–संयोजक गुरुङले… पुरा पढौ

सिसिटिभि क्यामेरा जोभिजन ब्राण्ड पोखरामा

पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी बिच अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा रहेका सिसिटिभी क्यामेरा बिक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुुतोष श्रेष्ठ र जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका बिभाग प्रमुख अभिजीत विश्वास बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा वोल्दै जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुतोष श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका बिक्रेताहरुको सहकार्यको प्रशंसा गरे… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयमा निशुल्क मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम सम्पन्न

पोखरा । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाइ लक्षित गर्दै आयोजना गरिएको मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम कम्प्युटर तालिम सम्पन्न भएको छ । गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आयोजनामा एसईई परीक्षा सकेर बसेका विद्यार्थी लक्षित निः शुल्क १५ दिने मोवाइल तथा इलेकट्रीकल्स सामाग्री मर्मत तालिम कम्प्युटर तालिम सम्पन्न भएको हो । गत जेठ १३ गतेदेखि शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । तालिममा २० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले… पुरा पढौ

सिद्धार्थ आधारभुत विद्यालयमा स्टेशनरी समाग्री वितरण

जेठ ३० पोखरा । पोखरा– १३ आर्वा स्थित सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीलाई झोला, स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ४४ जना बालबालिकालाई झोला, स्टेशनरी तथा आयोडिन वारे सचेतना गरिएको थियो । सचेतना कार्यक्रममा अभिभावकहरुको पनि बाक्लो उपस्थित रहेको थियो । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय… पुरा पढौ