समाचार

पर्वतीय खेलकुद तालिम केन्द्रः घोषणा हुन्छ, कार्यान्वयन हुँदैन

गण्डकी गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उच्च पर्वतीय खेलकुद (हाइ अल्टिच्युड) तालिम केन्द्र बनाउने घोषणा छ वर्ष पहिले गरेको थियो । त्यसयता बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा उक्त तालिम केन्द्र निर्माणको घोषणाले निरन्तरता पाए पनि आयोजना कार्यान्वयन भने अझै हुनसकेको छैन । सो तालिम केन्द्रको प्राविधिक अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि छुट्टिने गरेको बजेट पनि खर्च नभई ‘फ्रिज’ हुँदै आएको छ । प्रदेश सरकारले आगामी आव २०८१÷८२ को नीति तथा कार्यक्रममा… पुरा पढौ

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

डुम्रे । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा आजदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए । पोख्रेलले भने, “वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमती च्याम्पियन

जेठ ३१ पोखरा । पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य… पुरा पढौ

सङ्घीय सरकारको बजेटमा खरखरे भिरमा पहिरो रोकथामको पहल गरिँदै

लमजुङ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीसहर चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्न थालिएको हो । हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्नेमा हालसम्म दुई सय २० मिटर ढलान, सडकको तलमाथि एक सय मिटर ग्याभिन जाली राखिएको योजनाका सूचना अधिकारी एवं इञ्जिनियर किरण… पुरा पढौ

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

गण्डकी । गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त छलफलमा भाग लिँदै गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा कहीँकतै उल्लेख नभएको बताए । लोकतन्त्रमा प्रेसलाई चौथो अङ्ग मानिएको तर नीति तथा… पुरा पढौ

मानव अधिकार सम्बन्धी ऎन कानुन कडाइका साथ लागू गरौं: प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अबस्था थप मजबुत बनाउनु पर्ने आबश्यकता देखिएको उल्लेख्य गर्दै भएका मानव अधिकार सम्बन्धी ऎन कानुन र अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीहरूको कडाइका साथ लागू गर्नुपर्ने बताएका छन् । पौडेलले मानव अधिकारका सबालमा नागरिक समाजको भुमिका सक्रीय भएको र ऎन कानुनको कार्यान्वयनमा उच्चस्तरको सार्बजनिक जागरूकता आबश्यकता देखिएकोतर्फ ध्यानाकर्षण गराए । अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेशको आयोजनामा प्रदेशमा मानव अधिकार मैत्री कानुन कार्यान्वयनको अबस्था र सरोकारवालाहरूको भुमिका बिषयक अन्तरक्रिया… पुरा पढौ

म्याग्दी स्थित विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताए । “दुई जना प्रशिक्षकबाट २५ जना विद्यार्थीलाई सात दिनसम्म रङरोगनसम्बन्धी आधारभूत तालिम दिएका छौँ”, उनले भने, “यसअघि विद्यार्थीहरुलाई च्याउ खेती गर्न र मुढा बुन्न सिकाएका थियौँ ।”… पुरा पढौ

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, आषधिजन्य प्रयोगका निम्ति गाँजा, अकबरे खुर्सानी, टिमुर उत्पादनलाई प्रोत्साहन गरिने उल्लेख छ । नीति तथा कार्यक्रमअनुसार तुलनात्मक लाभ र उच्च मूल्य हुने अलैँची, तुलसीपत्र, अदुवा, बेसार, चिया, कफी, मह, छाला, पस्मिनाजस्ता निर्यातयोग्य वस्तुको उत्पादन… पुरा पढौ

मनाङको थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीको शव हेलिकप्टरमार्फत… पुरा पढौ

यूू–१५ विद्यालय खेलकुद प्रतियोगिताः टेबल टेनिसको सिंगल्सका खेल सुरु

पोखरा । पोखरा रङ्गशालामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसतर्फ सिंगल्सका खेल सुरु भएको छ । रङ्गशालाको टेबल टेनिस हलमा बिहीबार बिहानैदेखि छात्र तथा छात्रा सिंगल्सतर्फका खेल सुरु भएका हुन् । यस स्पर्धामा २ स्वर्ण, २ रजत र ४ कास्य पदका लागि खेल भइरहको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए । बुधबार डबल्सको खेल सकेर केही खेल सिंगल्सतर्फको खेल खेलाइएको उनले बताए । टेबल टेनिसका सबै पदकको टुङ्गो बिहीबार नै लाग्ने उनले जानकारी दिए… पुरा पढौ