समाचार

स्व. मन्त्रि नरबहादुर हिराचन स्मृति कप तारा खेल प्रतियोगिता भोलि, तयारी पूरा

पोखरा । स्व. मन्त्रि नरबहादुर हिराचन स्मृति कप तारा खेल प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार पोखरामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । पोखरा–१२ स्थित मार्फा थकाली समाज चापापानीमा हुने उक्त प्रतियोगितामा मार्फा मुस्ताङसहित १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गोविन्द ज्वारचनले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेबाट शुरु हुने प्रतियोगितामा स्थानिय र मार्फा मुस्ताङकासहित १० टिमले सहभागिताको लागि नाम दर्ता गरेका छन् । पुरा पढौ

वाईवाई यु–१९ क्रिकेटमा टिम बाराही विजेता

पोखरा । टिम बाराही यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम विन्ध्यवासिनी दोस्रो, टिम भद्रकाली तेस्रो र तीन खेल मध्ये तीन खेलमै पराजित टिम अकला भने चौथो स्थानमा रह्यो । प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न पहिलो खेलमा भद्रकालीले अकलालाई तीन रन र दोस्रो तथा प्रतियोगिताको अन्तिम खेलमा बाराहीले विन्ध्यवासिनीलाई पाँच विकेटले पराजित गरेको थियो ।… पुरा पढौ

पोखराबाट हराएको स्कुटर प्यूठानमा भेटियो

पोखरा । पोखरामा पार्किङमा गरि राखेको स्कुटर प्यूठानमा फेला परेको छ । गत जेठ २ गते पोखरा–९ नयाँबजारमा पार्किङ गरि राखेको ग १५ प २४७५ नम्वरको स्कुटर चोरी गरि प्यूठान पुर्याएको आरोपमा एक जनालाई प्रहरीले स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको नौबहिनी गा.पा. वडा नं. ७ बस्ने वर्ष ३६ को रेकम बुढाथोकी रहेका छन् । पक्राउ परेका उनलाई प्यूठान प्रहरीले कास्की पठाएपछि चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला… पुरा पढौ

ग्रील तथा स्टिलजन्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न महासंघको ध्यानाकर्षण

काठमाण्डौँ । ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले सो नियन्त्रणका लागि माग गरेको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरूको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको हो । देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग त्यसमा कार्यरत करिब एक लाख ६० हजार… पुरा पढौ

जेठ १८ मा ‘पोखरा बक्सिङ च्याम्पियनसिप’

पोखरा । पोखरामा जेठ तेश्रो साता हुने ‘पोखरा बक्सिङ च्याम्पियनसिप’को तयारी तिव्र पारिएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा एक दिने प्रतियोगिताको तयारी तिव्र पारिएको हो । आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको तयारी तिव्र पारेको जनाएको छ । प्रतियोगितामा विभिन्न तौल समूह गरि ३० जना महिला तथा पुरुष बक्सरहरुले सहभागिता जनाउने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुरुष तर्फ ५१, ५७, ६०,… पुरा पढौ

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

जेठ ११ काठमाण्डौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले… पुरा पढौ

जोन्टा क्लव अफ पोखराको अध्यक्षमा बिजुक्छे

पोखरा, जेठ ११ जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छन् । क्लवको शुक्रबार भएको पाँचौं अधिवेशनले बिजुक्छेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बिजुक्छे क्लवकी निवर्तमान उपाध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा नेलिसा ठकुरी केसी, सचिवमा सृजना कार्की भट्टराई र कोषाध्यक्षमा अनिता खड्का भट्टराई चयन भएकी छन् । समितिको निवर्तमान अध्यक्षमा मोनिका थापा छिन् । क्लवको कानूनी डाइरेक्टरमा बन्दना कार्की, अवार्ड एण्ड स्कलरसीप डाईरेक्टरमा साम्राज्ञी क्षेत्री, सेलेब्रेसन एण्ड फेलोसीप डाइरेक्टरमा सविता श्रेष्ठ, लिडरसीप र स्कील डेभलपमेन्ट… पुरा पढौ

गण्डकीमा जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियोबिरुद्धको आई.पि.भी खोप अभियान सञ्चालन गरिने

पोखरा, जेठ ११ गण्डकी प्रदेशमा जेठ १३ गतेदेखि पोलियो रोगबिरुद्धको ईनएक्टिभेटेड पोलियो भ्याक्सिन (आई.पि.भी) खोप अभियान सञ्चालन गरिने भएको छ । पोलियो उन्मुलनका लागि देशैभर सञ्चालन गरिने आई.पि.भीं खोप अभियान अन्तर्गत गण्डकीमापनि जेठ १३ गतेदेखि जेठ २६ गतेसम्म यो अभियान सञ्चालन गरिन लागेको हो । अभियान अन्तर्गत देशैभर १४ लाख बढी बालबालिकालाई उक्त खोप लगाईने जनाइएको छ । गण्डकीका ११ जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाईने गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो: मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर र युवा तथा ३० औं शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै आफूले पहिलोपटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर पुरा गरेको बताएका हुन। तयार भएको पाठ्यक्रम मेडिकल इर्मजेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसा विरुद्धका सीपहरु लिनका निम्ती प्रभावकारी बन्ने विश्वास उनको… पुरा पढौ

न्यूजिल्याण्डबाट विश्वका १०० मुलुकमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको न्युजिल्याण्डको तथ्याङ्क विभाग (स्टाट एनजेड) को तथ्याङ्कले देखाएको छ । न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको स्टाट्स एनजेडका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनल बताए । न्युजिल्याण्डको पाउडर दूध निर्यातका लागि चीन प्रमुख गन्तव्यको रूपमा रहेको छ । यहाँबाट चीनतर्फ हुने पाउडर दूध निर्यातमा पछिल्लो समय गिरावट आएको भएपनि… पुरा पढौ