फोटो फिचर

ताल बाराही मन्दिरमा भक्तजन

बिजया दशमीको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको ताल बाराही मन्दिरमा दर्शनका लागि भक्तजनको भिड । तस्वीर : राधिका कँडेल रासस पुरा पढौ

घरमै नागरिकता

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर निवासी ७३ वर्षीय बौवालाल गुरमैता यादवलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले घरमै नागरिकता प्रदान। जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिँड्ने गर्छन्। तस्बीरः एजेन्सी पुरा पढौ

‘रातो कर खारेज गर’

महिला महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडमा सरकारले लगाएको करविरुद्ध युथ काँग्रेस नेपाल कास्कीले शनिबार पोखरामा प्रदर्शन गरेको ‘रातो कर खारेज गर’ को विरोध कार्यक्रम। तस्बीरः एजेन्सी पुरा पढौ

‘शान्तिका लागि फुटबल’

स्पेनको घरेलु फुटबल लिग ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा प्रदर्शनमा राखिएको नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी। ‘फुटबल फर पिस एक्जिविसन’ अर्थात् ‘शान्तिका लागि फुटबल’ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालको फुटबल जर्सी प्रदर्शनीमा राखिएको हो। तस्बीरः सामाजिक सञ्जाल पुरा पढौ

बीरताको सम्मान

बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेनस्थित भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक। बेलायती सेनाको सबैभन्दा विशिष्ट पदकको रुपमा मानिने पहिलो ‘भिसी’ गोर्खा थापाको सालिक अनावरण गरिएको हो। तस्बीरः सामाजिक सञ्जाल पुरा पढौ

सुख र दु:ख नै जीवन हो

आफ्नो र जहान परिवारको पेट पाल्नकै लागि ज्याला मजदुरीमा ब्लक बोक्दै महिला। तस्बीरः श्याम श्रेष्ठ पुरा पढौ

ॐ हर … हर …

पोखराको फेवातालछेउ बाराहीघाटमा लामो समयको लकडाउनपछि गरिएको सन्ध्या आरती। तस्बीरः दुर्गाप्रसाद शर्मा पुरा पढौ

माछापुच्छ«ेको काखमा लामागाउँ

पृष्ठभूमीमा खुलेको हिमशृंखला माछापुच्छ«े। अग्रभागमा पोखराको लामागाउँ। तस्बीरः पवनमान गुभाजू पुरा पढौ