फोटो फिचर

कास्कीको नौमती बाजा पार्क

पोखरा । कास्कीको धितालमा नौमती बाजा पार्क निर्माण भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ६ धितालमा मौलिक नौमती बाजाहरुको प्रतिमा सहितको पार्क निर्माण भएको हो । पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको १५ लाख र स्थानिय जनश्रमदान एक लाख गरि १६ लाख रुपैयाको लागमा सो पार्क निर्माण गरिएको हो । पार्कमा नौमती बाजाहरु नरसिंहा, दमाहा, सनाई, मजुरा, झ्याली, ट्याम्को लगायतका मौलिक बाजाहरु राखिएका छन् । पछिल्लो… पुरा पढौ

दिदीबहिनी नहुने दाजूभाईको भाइटिका

शनिबार तिहारको मुख्य दिन भाइटिका। दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टिका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन्। तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटिका लगाइदिने चलन छ। आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदीबहिनीसँग भाइटिका थाप्छन्। तर, व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिम्लिसिनाले भने एक अर्कालाई भाइटीका लगाएर मनाए। सुरुमा दाजु मदनले भाई सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे। सप्तरंगी टिका लगाइदिएर फूलको माला गलामा पहिराइदिए। भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै… पुरा पढौ

नाइटभ्यू अफ पोखरा, लक्ष्मीपूजा

उज्यालै उज्यालो प्रकाशको पर्व तिहार (लक्ष्मीपूजा) को दिन सुन्दर पोखरामाथि पोखिएको दीपावलीको उज्यालो। उत्तरतर्फ देखिने प्राकृत माछापुच्छ«े र अन्नपूर्ण हिमशृंखला, फेवा लगायात तालतलैया र यहाँको विविध सद्भावको संस्कृतिले सुन्दर पोखरालाई त्यसै सिंगारिदिएको छ। त्यहीमाथि, सद्भावयुक्त चाडपर्व र मेला महोत्सवको अवसरमा यहाँ हुने कार्यक्रमका झाँकी र विविध गतिविधिले पोखरालाई विभिन्न रंगहरुमा रंगाउने गर्छ। पोखराको जुन रंग र दृश्य हेर्न विश्व समुदाय लालयित नै बन्ने गर्छ। पुरा पढौ

फूल टिप्न भ्याइ नभ्याई

तिहार सुरु भएसँगै बजारको मागलाई पूरा गर्न फूल व्यावसायीहरुलाई भ्याई नभ्याई छ। तिहारका अरु सरसामग्रीसँगै फूलको पनि कारोबार हुनेन गर्छ। तिहारलाई फूलैफूलको चाड पनि भनिन्छ। तिहारमा सयपत्री, मखमली, गोदावरी लगायतका फूलहरुको आवश्यकता पर्दछ। गएको वर्ष कोरोना महामारीका कारण त्यति फूलको बिक्री हुन सकेन। तर, गत वर्षको तुलनामा तिहारको चहल पहल बढेसँगै यस वर्ष फूलको व्यापार बढ्ने फूल व्यावसायीहरुमा विश्वास छ। पुरा पढौ

कृषि फार्ममा फूल टिप्दै

बेनी नगरपालिका–४ आगेबगरमा हरियाली समुहको कृषि फार्ममा उत्पादीत फूल टिपेर तिहारका लागि बजार पठाउने तयारी गर्दै फार्मका कर्मचारीहरु । तस्बिर : सन्तोष गौतम- रासस पुरा पढौ

कार्यक्रम राष्ट्रपति महिला उत्थानको, सेवा हेलिकोप्टरको

सुत्केरी व्यथा लागेको अवस्थामा अधिक रक्तस्रावको समस्याबाट सिकिस्त बनेकी खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी मोनिका राईलाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिदैँ । २९ वर्षीया मोनिकालाई शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरिएको हो। दुई दिनदेखि रक्तस्राव भएकी महिलालाई इमरजेन्सी वार्डमा भर्ना गरेलगत्तै अन्यत्र रेफर गरिएको हो। उनलाई काठमाडौं पठाइएको खोटाङ जिल्ला अस्पतालले जनाएको छ। सामान्यतः ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा राईलाई ३३ हप्ता ५ दिनमै सुत्केरी व्यथा लागेको जिल्ला अस्पतालले जनाएको छ। जिल्ला अस्पतालका अनुसार भिडियो एक्स–रे गरेर हेर्दा बच्चाको… पुरा पढौ

प्रसव पीडाभित्रको ताजुबलाग्दो उपहारहरु

पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो जन्म दिएको चम्ल्याहा छोरीहरुको सुन्दर फोटो। तस्बीरः एजेन्सी पुरा पढौ

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

‘हाँडीगाउँको जात्रा’ मा खटको गजुर उल्टो पारेर घुमाउँदै गुठियार युवा सदस्यहरु। यहाँको नारायण जात्रामा गजुरलाई उल्टो पारेर गरिने भएकाले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने गरिएको हो। तस्बीरः रासस पुरा पढौ

महिला मलामी

तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको मृत्यु भएपछि आश्रमका संचालक महिलाहरु घाटतर्फ शब बोकेर लैजादै गर्दाको फोटोफिचर । तस्बीरः रासस पुरा पढौ