राजनीति

सङ्घीय संसद्को आज दुवै सदनको बैठक बस्ने

सङ्घीय संसद्को दुवै सदनको आज बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्य तालिका रहेको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड़काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुन कार्यतालिका छ… पुरा पढौ

कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुले दिए पार्टीमा उजुरी

पोखरा, चैत १४ नेपाल विद्यार्थी संघ (नेविसंघ)को कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै पार्टीमा उजुरी दिएका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ जना केन्द्रीय सदस्यहरुले सभापती बराल नालायक भएको भन्दै कारवाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरु राजेन्द्र बराल, नसिब गुरुङ, अञ्जान थापा, संस्कार कोईराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बास्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले विहीबार पोखरामा… पुरा पढौ

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गर्नुभएपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गरेको जानकारी दिए । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय… पुरा पढौ

सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि

आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्ने छ । बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने छन । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा संस्कृति, पर्यटन… पुरा पढौ

गण्डकी प्रदेशमा अपाङ्गता सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

पोखरा । गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्य प्रदेश भन्दा पहिले नै आउन लागेको उल्लेख गरे । उनले अन्य प्रदेशहरूमा विधेयक सैद्धान्तिक छलफलमा समेत प्रवेश नगरेको अवस्थामा गण्डकी प्रदेशले यस… पुरा पढौ

‘खाद्यान्न र पशुपन्क्षीजन्य उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख छ’ : मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जि.सी श्रेष्ठले खाद्यान्न बाली र पशुपन्क्षीजन्य उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख रहेको बताएकी छन् । जनसंख्यालाई आवश्यक र उत्पादीत खाद्यान्न÷पशुपन्क्षीजन्य उत्पादनको वासलात हेर्दा प्रदेश आत्मनिर्भर सम्मुख देखिएको उनले बताईन् । प्रदेश सभामा विभिन्न मितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले भनिन्,‘खाद्यान्न वासलात हेर्ने हो भने , हाम्रो गण्डकी प्रदेश खाद्यान्न बालीमा आत्मर्निभर सम्मुख छ । तरकारी बाली र आलुमा पनि प्रदेश आत्मर्निभर सम्मुख रहेको जानकारी गराउँदछु । पशुजन्य पदार्थमा… पुरा पढौ

प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।… पुरा पढौ

सङ्घीय संसद्को दुवै सदनका बैठक आज

आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)… पुरा पढौ

कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति माओवादीका प्रदेशसभा सदस्य जुग्जाली र भण्डारीको आपत्ति

पोखरा, चैत १२ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति गण्डकी प्रदेशका माओवादी सांसदहरुले विरोध जनाएका छन् । म्याग्दीबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई जना प्रदेश सभा सदस्यहरु हरि भण्डारी र रेशम जुग्जालीले गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा कुलमान हटाउने सरकारको निर्णयको विरोध जनाएका हुन् । जुग्जालीले बैठकको शून्य समयमा र भण्डारीले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकको छलफलका क्रममा विरोध जनाएका थिए । उज्यालो नेपालका नायक कुलमानलाई हटाएर सरकारले सबै कर्मचारीलाई… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

पोखरा, चैत १२ कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए… पुरा पढौ