राजनीति

प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।… पुरा पढौ

सङ्घीय संसद्को दुवै सदनका बैठक आज

आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)… पुरा पढौ

कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति माओवादीका प्रदेशसभा सदस्य जुग्जाली र भण्डारीको आपत्ति

पोखरा, चैत १२ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति गण्डकी प्रदेशका माओवादी सांसदहरुले विरोध जनाएका छन् । म्याग्दीबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई जना प्रदेश सभा सदस्यहरु हरि भण्डारी र रेशम जुग्जालीले गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा कुलमान हटाउने सरकारको निर्णयको विरोध जनाएका हुन् । जुग्जालीले बैठकको शून्य समयमा र भण्डारीले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकको छलफलका क्रममा विरोध जनाएका थिए । उज्यालो नेपालका नायक कुलमानलाई हटाएर सरकारले सबै कर्मचारीलाई… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

पोखरा, चैत १२ कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए… पुरा पढौ

विगत र वर्तमान अवस्थाबारे तथ्याङ्क केलाएर जनतालाई बुझाईदिन विज्ञहरुलाई एमाले महासचिवको आग्रह

पोखरा, चैत ११ नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगत र वर्तमान अवस्थाकोबारे जनतालाई तथ्य केलाएर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको संस्था कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषदको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालमा केहि भएन भन्दै व्यवस्थामाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाए । मक्किएको राजतन्त्र असफल, असान्दर्भिक व्यवस्था भएको टिप्पणी गर्दै उनले अहिले राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार… पुरा पढौ

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल

पोखरा । गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत गरेका छन् । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्राप्त सुझावहरूलाई अनुुसरण गर्दै विधेयक पारित हुने बताए । “सैदान्तिक छलफलपछि विधेयक विषयगत समितिमा पठाइनेछ, जसका लागि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सकिनेछ। समितिमा पुगेपछि विज्ञहरूसँग… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद भोलि

पोखरा, चैत १० कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा भोलि हुँदैछ । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको छाता संस्थाको रुपमा रहेको संघको १० औं केन्द्रीय परिषदको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ हुने परिषदको उद्घाटनअघि प्रभातफेरी निकालिने जनाइएको छ । होटल… पुरा पढौ

पीएन क्याम्पसको स्ववियु चुनावमा विद्यार्थीमा देखिएन उत्साह

पोखरा, चैत १० पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा मतदाता विद्यार्थीमा उत्साह देखिएन । देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पीएन क्याम्पसको स्ववियु चुनावमा झण्डै एक तिहाई विद्यार्थीले मात्र मतदान गरेका हुन् । यसअघि मतदानमा विद्यार्थीहरु उत्साहप्रद रुपमा सहभागि हुने गरेपनि यस वर्ष कुल मतदाताको ३९.१२ प्रतिशतले मात्रै मताधिकार प्रयोग गरेको निर्वाचन समितिले जनाएको छ । पृथ्वीनारायण क्याम्पसमा कुल ९ हजार २ सय ७० जना विद्यार्थी रहेका छन् । जसमध्ये १ हजार ८ सय ६६ जनाले मतदानका लागि परिचय… पुरा पढौ

माओवादी माछापुच्छ्रे गा.पा.अध्यक्ष पोखरेलपनि गुटको खेतीमा !

पोखरा, चैत ९ पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष गोपाल पोखरेलले दोधारे नीति लिँदा विवादमा फसेका छन् । पार्टी नेतृत्वमा रहेका उनले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको संस्थापन र विद्रोही दुबै पक्षका उम्मेदवारको प्रचार गर्दै दोधारेपन देखाएको भन्दै उनको आलोचना भएको हो । पीएन क्याम्पसमा अखिल क्रान्तिकारीको संस्थापन पक्षले नवीन अधिकारीको नेतृत्वमा एकल प्यानल बनाएको छ । जसलाई नेकपा माओवादी केन्द्र कास्कीले आधिकारिक उम्मेदवार भएको बताएको छ । तर कास्कीमा समानान्तर गतिविधि गरिरहेको दीपक कोईराला समूहले… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा हुँदै

पोखरा, चैत ८ कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा हुने भएको छ । ‘बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ यहि चैत ११ गते आईतबार पोखरा–६ लेकसाईडस्थित हौटल पौवामा परिषद हुन लागेको हो । परिषदको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए । परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने उनले बताए… पुरा पढौ