राजनीति

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति आचार्यको निधन प्रति शोक व्यक्त

पोखरा । नेपाली काँग्रेसका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निवर्तमान सभापति नेपाली काँग्रेसका नेता, लीलाभक्त आचार्यको निधन प्रति नेपाली कांग्रेस कास्कीले शोक व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षर गरिएको विज्ञप्ति प्रकाशन गरि शोक वक्तव्य जारी गरिएको हो । पोखरा महानगर पालिका वडा नं १७, निवासी आचार्यको शनिवार विहान ९६ वर्षको आफ्नै निवासमा भएको निधन भएको थियो । विज्ञप्तिमा भनिएको छ,"प्रजातन्त्र सेनानी आचार्य जी राजनैतिक, सामाजिक र धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो । वहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा जेनेभा प्रस्थान

फागुन १० काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । उनलाई आज साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका… पुरा पढौ

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री ओली

फागुन १० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा आज प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाई थियो । “हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन”,… पुरा पढौ

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’ यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जिवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा क्रसर व्यवसायीको दादागिरी : नदी दोहन गर्ने तर कर नतिर्ने

पोखरा, फागुन १० कास्कीको माछापुच्छ्रे गाउँपालिकाका क्रसर व्यवसायीले नदी दोहन गर्ने तर राज्यलाई कर भने नतिर्ने गरेको पाइएको छ । माछापुच्छ्रे गाउँपालिकाका चार वटा क्रसर उद्योगहरुले वर्षौंदेखि नदी दोहन गरेर दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा) संकलन गर्ने तर राज्यलाई भने कर नतिरेको पाइएको हो । करको दरको बहाना बनाएर उनीहरुले वर्षौंदेखि राज्यलाई कर नबुझाई नदी दोहन गरिरहेको गाउँपालिका निकट श्रोत बताउँछ । क्रसर व्यवसायीहरुले हालसम्म ४९ करोड १४ लाख ३१ हजार २ सय ९७ रुपैयाँ कर तिर्न बाँकी छ । तर… पुरा पढौ

जातीय समस्या वर्ग समस्याकै एउटा रुप हो : गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जातीय समस्या वर्ग समस्याकै एउटा रुप भएको बताएका छन् । माओवादीले वर्गिय मुद्धा छाडेर जातीय मुद्धा उठाएको भन्दै विपक्षीहरुले आलोचना गरिरहेका बेला महासचिव गुरुङले जातीय समस्या वर्गिय समस्याकै कारण उत्पन्न भएको बताए । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातीय समस्यालाई वर्गिय समस्याकै रुपमा बुझ्नुपर्ने बताए । हिजो नीजि सम्पती नहुँदासम्म न जात थियो न वर्ग नै,उनले भने,‘जब नीजि सम्पती बनाउन थालियो तब वर्गिय समस्या… पुरा पढौ

पृथ्वी सुब्बा गुरुङ लक्षित प्रचण्डको टिप्पणी : पूर्व मुख्यमन्त्रीका कारण तमुवान प्रदेश बनाउन सकेनौं

पोखरा, फागुन ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा हालका सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बाका कारण तमुवान प्रदेश बनाउन नसकिएको आरोप लगाएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पूर्व मुख्यमन्त्रीको नाम नलिई भने,‘,‘हामी शुरुमा तमुवान नामाङ्करण गर्न चाहन्थ्यौं । तर प्रदेशका तात्कालीन मुख्यमन्त्री जो नेकपा एमालेसँग सम्बन्धित हुनुहुन्थ्यो । उहाँ कुनै हालतमा तमुहरुको पहिचान झल्किनेगरी प्रदेशको… पुरा पढौ

संविधान संसोधन गर्ने हो भने तमु, किराँत, मगर, नेवारको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न प्रचण्डको प्रस्ताव

पोखरा, फागुन ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानमा आधारित प्रदेशहरुको नामाङ्करण गर्न संविधान संसोधन गर्न सकिने बताएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संसोधन गर्ने नै हो भने आदिवासी जनजातिहरुलाई पहिचानको अधिकार दिन गर्न सकिने बताएका हुन् । सत्तारुढ दलहरुले संविधान संसोधनको मुद्धा उठाईरहेको भन्दै उनले भने,‘संविधान संसोधन गर्ने हो भने तमुहरुको पहिचान, मगरहरुको पहिचान, किराँतहरुको पहिचान, नेवारहरुलगायतको पहिचान झल्किनेगरी प्रदेशहरुको नामाङ्करण गरौं । त्यसरी… पुरा पढौ

पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गर्नेछः अध्यक्ष प्रचण्ड

दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए । बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष दाहालले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताए । उनले पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस… पुरा पढौ

तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला पोखरामा आज, प्रचण्डले उद्घाटन गर्ने

पोखरा, फागुन ९ तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला आज पोखरामा आयोजना हुँदैछ । लामो समयदेखि निस्कृय रहेको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाललाई सकृय बनाउने उद्देश्यले भेला हुन लागेको हो । भेला पोखरा १० काजीपोखरीस्थित पैयूँखोला तमु समाज भवनमा पूर्वाह्न ११ बजे शुरु हुने जनाइएको छ । भेलालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको तमु मुक्ति मोर्चाले जनाएको छ । पुरा पढौ