राजनीति

पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका हुन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सातवटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहेका गण्डकी प्रदेश प्रचार–प्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।रासस पुरा पढौ

रेलमार्ग निर्माणको परियोजनाबाट सरकार पछाडि नहट्ने मन्त्री दाहालको प्रतिबद्धता

माघ २० झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाएका छन् । विर्तामोडमा आज प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत व्यस्थापन गरेर चरणचरणमा मुआब्जा वितरण गरी सरकारले रेलमार्गलाई अगाडि बढाउने तयारी गरिरहेको बताए । उनका अनुसार परियोजनाबाट प्रभावितलाई मुआब्जाका लागि स्रोत व्यवस्थापन भइरहेको छ । “पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर परियोजनाबाट सरकार पछाडि हट्दैन”, मन्त्री दाहालले भने, “स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयसँग छलफल भइसकेको छ ।” उनले सरकारको ‘ड्रिम… पुरा पढौ

आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा लागौँः सभापति देउवा

माघ २० पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरेका छन् । कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गरेका हुन् । सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार… पुरा पढौ

निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल

माघ २० काठमाण्डौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताएका छन् । महिला आर्थिक पत्रकार सङ्घ फेजाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, “अब सरकार निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहज रूपमा दिनसक्ने अवस्थामा पुगेका छौँ । सरकारले कानुनसम्मत रूपमा दाबी गरेको रकम भुक्तानी रोकेको छैन ।” उनले पुँजीगत खर्च बढाउनतर्फ सरकारले… पुरा पढौ

मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन

माघ १९ पोखरा । मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आज पोखरामा आयोजित प्रदेशमा मगर र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदा निर्माणका लागि गुरुङ र मगर समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग सुझाव सङ्कलन गरिएको हो । सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश… पुरा पढौ

घर बहाल कर घरधनीबाटै लिन सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीको माग

पोखरा, माघ १९ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुले घर बहाल कर घरधनीबाटै लिन आग्रह गरेका छन् । सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको शनिबार आयोजित १३ औं साधारण सभाको उद्घाटन शत्रमा बोल्ने व्यवसायीहरुले घर बहाल कर घरधनीले घर बहालमा लगाएबापत तिर्नुपर्ने कर भएकाले त्यो कर व्यवसायीलाई नतिराउन आग्रह गरेका हुन् । उनीहरुको एउटै आवाज थियो,‘घर बहाल कर हामीलाई तिराईंदै आएको छ । तर घर बहाल कर तिर्ने जिम्मेवारी घर धनीको हो । त्यसैले त्यो कर घरधनीलाई… पुरा पढौ

अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का

माघ १८ मोरङ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताएका छन् । आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको जानकारी दिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले दुई/दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न,… पुरा पढौ

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्ने छन । बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन। “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक… पुरा पढौ

जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल

माघ १६ पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे । नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, “अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला… पुरा पढौ