राजनीति

‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’ : गुरुङ

माघ ५ दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । आज आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए । महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिए । “माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले… पुरा पढौ

पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस

माघ ४ पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भज्याङ्मा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान संचालन गरेको छ । त्यस क्षेत्रमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर काँग्रेसले छलफल गरेको छ । नागरिकका समस्या बुझ्ने, पार्टीबाट गरिएको अपेक्षा बारे जानकारी लिने र सार्वजनिक चासोका विषयमा विशेष प्राथमिकता दिएर अभियान सञ्चालन भैरहेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । अभियानका लागि पोखरा ३३ को प्रतिनिधि समेत रहनु भएका सहसचिव… पुरा पढौ

नेकपा एमाले पोखरा १९ को अध्यक्षमा कोमल

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको अध्यक्षतामा वडा कमिटी चयन गरेकोे छ । अधिवेशन भएको करिव एक महिना पछि कमिटीले नेतृत्व पाएको हो । एक महिनासम्म भएको सर्वसम्मतको प्रयास असफल भएपछि सम्पन्न निर्वाचनवाट पदाधिकारी टुङ्गो लगाईएको हो । अध्यक्षमा अर्का प्रत्यासी विकास गौतमलाई २३ मतको अन्तरले पराजित गर्दै बास्तोला निर्वाचित भए । बास्तोलाले १सय ५२ मत ल्याउँदा गौतमले १ सय २९ मत प्राप्त गरे । उपाध्यक्षमा दुर्गादेवी गौतम वस्नेतलाई हराउँदै, गीता… पुरा पढौ

अवस्था परिवर्तन भएन भन्नेलाई प्रधानमन्त्रीको टिप्पणी : आँखा देख्दैनन् कि कान सुन्दैनन् ?

पोखरा, माघ ३ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अवस्था परिवर्तन भएन भन्नेप्रति कडा टिप्पणी गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई विहीबार पोखरामा सम्बोधन गर्दै उनले अवस्था परिवर्तन भएन भन्नेहरु आँखा नदेख्नेहरु हुन् कि कान नसुन्ने हुन् भनेर टिप्पणी गरेका हुन् । कोहि मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,उनले भने,‘उनीहरु आँखा देख्दैनन् कि कान सुन्दैनन् ? मलाई थाहा छैन ।’ उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी एमएस उत्तिर्ण भएकोलाई जनताको अवस्था… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताए छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट गरे । उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको… पुरा पढौ

समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने

माघ २ काठमाण्डौं । समाजवादी मोर्चा नेपालले मोर्चा गठनको आश्यकता र औँचित्यता प्रष्ट्याउन यही माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादृर विश्वकर्माले जानकारी दिए । बैठकले समाजवादी मोर्चाको गतिविधि, सीमा र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको छ । यही माघ १० देखि १२ गतेसम्म उक्त प्रतिवेदनलाई अन्तिमरुप दिएर शीर्ष नेतासमक्ष हस्तान्तरण गर्ने निर्णय गरेको उनले जानकारी… पुरा पढौ

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

माघ २ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ । आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् । “यस विषयमा पार्टीको… पुरा पढौ

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

माघ २ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताएका छन् । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको बताए । सरकारको सिफारिसमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको बताए । “सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफँै… पुरा पढौ

सभापति लामिछानेलाई साठी लाख धरौटीमा रिहा गर्न आदेश

माघ २ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश गरेको हो । गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो । सभापति लामिछानेविरुद्ध रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो । सभापति… पुरा पढौ

विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री राणा

अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेका छन । यसै क्रममा अन्तर्गत उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरेकी हुन । खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन । परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको… पुरा पढौ